Nepalese living in Denmark

Nepalese living in Denmark Nepalese in Denmark

Nepal ma gen z 😅 शहीदको सालिक अनावरण कार्यक्रम स्थगित!सालिक त बन्यो, तर अनुहार नै शहीदसँग नमिलेपछि अनावरण कार्यक्रम स्थग...
10/09/2026

Nepal ma gen z 😅 शहीदको सालिक अनावरण कार्यक्रम स्थगित!

सालिक त बन्यो, तर अनुहार नै शहीदसँग नमिलेपछि अनावरण कार्यक्रम स्थगित गर्नुपरेछ।

खोइ, कसले बनाएको सालिक हो?
शहीदको पहिचान झल्किने सालिक बनाउनुपर्ने कि कलाकारको कल्पना झल्किने? 🤔

अनावरणभन्दा अगाडि ‘फेस’ नै मिलाउनुपर्ने अवस्था आएछ! 😂

Nims Dai, तपाईंको सम्झना सधैं अमर रहनेछ। हार्दिक श्रद्धाञ्जली। 🙏
07/09/2026

Nims Dai, तपाईंको सम्झना सधैं अमर रहनेछ। हार्दिक श्रद्धाञ्जली। 🙏

04/09/2026
🇳🇵 नेपालमा “ग्रीन आर्मी” के हो?यो संस्था कसले, किन र कुन उद्देश्यले स्थापना गरेको हो? यसको मुख्य काम र जिम्मेवारी के हो?...
03/09/2026

🇳🇵 नेपालमा “ग्रीन आर्मी” के हो?

यो संस्था कसले, किन र कुन उद्देश्यले स्थापना गरेको हो? यसको मुख्य काम र जिम्मेवारी के हो?

❓ के नेपाललाई वास्तवमै “ग्रीन आर्मी” आवश्यक छ?

यो अवधारणा नेपाली जनताको आवश्यकता र चाहनाबाट आएको हो, कि केही व्यक्ति वा संस्थाले आफ्नै पहलमा सुरु गरेको अभियान हो?

यदि यो जनताको आवश्यकता हो भने, यसको माग वा समर्थन जनताबाट कसरी आएको हो?
र यदि जनताको माग होइन भने, यसलाई नेपालमा किन विस्तार गरिँदैछ?

🇳🇵 तपाईंको विचारमा, नेपाललाई “ग्रीन आर्मी” आवश्यक छ कि छैन? किन?

२०३०: AI को युग र बदलिँदो संसार२०३० सम्म पुग्दा संसार आजको भन्दा धेरै फरक हुन सक्छ। AI को विकास अहिले नै तीव्र गतिमा भइर...
03/09/2026

२०३०: AI को युग र बदलिँदो संसार

२०३० सम्म पुग्दा संसार आजको भन्दा धेरै फरक हुन सक्छ। AI को विकास अहिले नै तीव्र गतिमा भइरहेको छ, र आगामी वर्षहरूमा यसको प्रभाव हाम्रो काम, व्यवसाय, यातायात, शिक्षा, स्वास्थ्य र दैनिक जीवनमा अझ ठूलो हुन सक्छ।

भविष्यमा AI र Humanoid Robots ले मानिसले गर्दै आएका धेरै कामहरू गर्न सक्ने सम्भावना छ—ट्याक्सी चालक, कुक, डाक्टर, प्रोग्रामर, ग्राफिक डिजाइनर, डेलिभरी चालकदेखि कार्यालयका धेरै कामसम्म।

यो परिवर्तन एकैपटक हुने होइन। तर बिस्तारै AI र रोबोटहरू बढ्दै गएपछि संसार नाटकीय रूपमा परिवर्तन हुन सक्छ।

आज मानिसले ८–१० घण्टा काम गरेर आम्दानी गर्छ, सामान र सेवा प्रयोग गर्छ र विभिन्न रूपमा सरकारलाई कर तिर्छ। तर भविष्यमा मानिसको रोजगारी ठूलो मात्रामा घट्यो भने कर प्रणाली र अर्थतन्त्रमा के असर पर्छ?

AI हाम्रो लागि ठूलो अवसर हो। तर AI को भविष्यबारे कुरा गर्दा हामीले रोजगारी, आम्दानी, कर र समाजमा आउने परिवर्तनबारे पनि सोच्नुपर्छ।

२०३० सायद केवल AI को विकासको समय मात्र होइन—मानव समाज र अर्थतन्त्र परिवर्तन हुने नयाँ युगको सुरुवात हुन सक्छ।

हामी त्यो भविष्यका लागि तयार छौँ? 🤔

27/08/2026

नेपालमा आएको विनाशकारी बाढीप्रति गहिरो समवेदना

नेपालमा आएको विनाशकारी बाढी र त्यसबाट भएको जनधनको क्षतिले सम्पूर्ण देशलाई स्तब्ध र दुःखी बनाएको छ। यस्तो भयावह विपत्ति आउला भनेर सायद कसैले कल्पना पनि गरेको थिएन। यस प्राकृतिक विपत्तिले धेरै परिवारको घर, सम्पत्ति र जीवनमा अपूरणीय क्षति पुर्‍याएको छ।

यस दुःखद घडीमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। घाइते, विस्थापित तथा प्रभावित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र उद्धार, स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको कामना गर्दछु।

पशुपतिनाथले दिवंगत आत्माहरूलाई चिरशान्ति प्रदान गरून्, शोकाकुल परिवारजनलाई यो अकल्पनीय पीडा सहन सक्ने शक्ति दिऊन्, र सम्पूर्ण नेपाललाई यस विपत्तिबाट सुरक्षित रूपमा बाहिर निस्कने शक्ति प्रदान गरून्। 🙏🇳🇵

यो कठिन समयमा हामी सबै एकजुट बनौँ, प्रभावित परिवारको साथमा उभिऔँ र सकेको सहयोग गरौँ।

25/08/2026

Kicthen helper in indian restaurant. . Good for students. Please contact

09/10/2025

Room rent in højetaastrup with cpr

Adresse

Copenhagen

Internet side

Underretninger

Vær den første til at vide, og lad os sende dig en email, når Nepalese living in Denmark sender nyheder og tilbud. Din e-mail-adresse vil ikke blive brugt til andre formål, og du kan til enhver tid afmelde dig.

Genveje

Del