25/11/2025
लेटाङ बजारमा संचालित सस्तो मम मिठो ममामा निकै ठुलो अफर आउने भएको छ। यस आउने अफरमा दुई प्लेट मासु ममामा ५०% डिस्काउन्टको कुपन आउने छ भने २ प्लेट भेज मममा 30% को कुपन आउने छ जुन चाहिँ मोबाइलको टेम्पर ग्लास फेर्नका लागि प्रयोग गर्न सकिने र कुपन चाहिँ कुनै पनि समय राखेर पछि प्रयोग गर्न सकिने बताउनु भएको छ। त्यसैगरी मोबाइलको एलसीडी फेर्दा खेरि २१ सय रुपैयामा २०० रुपैयाको टेम्पर ग्लास सित्तैमा लगाइने र दुई प्लेट फ्री मोमोको कुपन प्रदान गरिने साथै १०० रुपैया बराबरको फिंगर ग्लोब्स पनि फ्रीमा दिने समेत संचालक विवेक राई ज्यूले जानकारी गराउनु भएको छ। त्यसैगरी गोल्डन कुपनको पनि संचालन सुरु गरिएको जानकारी गराउनु भएको छ। जुन गोल्डन कुपन चाहिँ हरेक १२ प्लेट ममा खादा खेरि पाइने जुन जुन गोल्डन कुपन चाहिँ हरेक २४ प्लेट ममा पुगेर साट्दा खेरि एक प्लेट ममा पाउनु हुँदा खेरि गोल्डन कुपन पनि पाइने र सो गोल्डन कुपन चाहिँ एक वर्षमा १२ वटा पाउँदा १२ प्लेट मम पनि फ्रीमा पाइने किसिमको अफर पनि संचालनमा आएको जानकारी गराउनु भएको छ।