05/02/2026
छात्रा: "मैडम, तपाई किन मेकअप गर्नुहुन्न ?"
शिक्षिकाको अनुहार अचानक पहेँलो भयो। उनको निधारमा हल्का पसिना आयो । उनको अनुहारको मुस्कान फिका देखियो। दर्शक अचानक चुप भए। यसको जवाफमा मैले तिमीलाई मेरो आफ्नै जीवनको कथा सुनाउनु पर्ने हुन्छ।
रानी सोयामोईः " मेरो जन्म उडिसाको एउटा आदिवासी इलाकामा भएको थियो। त्यहाँको कोडरमा जिल्लाको आदिवासी इलाकामा एउटा सानो झुपडीमा म जन्मिएको थिए। जुन " अभ्रख" को खनिजले भरिएको थियो।
मेरा पिता र माता दुबै खनिक (खानी खन्ने मजदुर) थिए। मेरा दुईजना दाजु र एकजना सानी बहिनी थिईन् । हामीहरू एउटा निकै सानो झुपडीमा बस्थ्यौ। जुन पानी पर्दा चुहिन्थ्यो। मेरा माता पिता बाध्य भएर त्यहिको खानीमा न्यून ज्यालामा काम गर्नुहुन्थ्यो। किनकी, यो बाहेक, त्यो ठाउँमा अरू कुनै काम पाइदैन थियो। जतिबेला म चार बर्ष कि थिए, तब मेरा माता पिता र दाजुहरू कुनै विमारीको कारण ओछ्यान पर्नु भएको थियो। त्यो बेलामा उहाँहरूलाई यो थाहा थिएन कि, यो विमारीको मूल कारण खानीमा रहेको अभ्रखको धुलो फोक्सोमा पुग्नु थियो। "र रोग र भोकले मैले २ दाजुभाइ गुमाए।
(उनको गला अवरुद्ध हुन्छ, बोल्न रोकिन्छ र आफ्नो रूमाल निकालेर आँसु पुच्छिन्।)
एकदिन मेरा पिताले मेरो भोको पेट संगै हाड र छाला मात्र भएको हात समाउनु भयो र मलाई जस्ता पाताले छोपिएको एउटा ठुलो खानीमा लिएर जानु भयो। यो एउटा त्यस्तो अभ्रखको खानी थियो, जसले समय संगै धेरै बदनामी कमाएको थियो।"
यो एउटा पुरानो खानी थियो, जसलाई निरन्तर खनिदै आइएको थियो, जुन अन्त्यहीन रूपमा पाताल सम्म फैलिएको थियो। त्यहाँ मेरो काम भनेको सबै भन्दा तलको सानो सानो ओडार (गुफा) हरूमा घस्रिएर हिड्नु र अभ्रखको काचो धाहु जम्मा गर्नु थियो। यस्तो काम केवल दस वर्ष भन्दा मुनिका बालबालिकाहरू बाट मात्रै सम्भव थियो।"
यो काम सुरू गरेको दिन, मैले मेरो जीवनमा पहिलो पटक पेटभरी रोटी खाए। तर, त्यो दिन मलाई उल्टी (वमिट) भयो।
जति बेला म एक कक्षामा हुनु पर्ने थियो, त्यो बेला म अँध्यारो गुफाहरूमा अभ्रख जम्मा गरि रहेकी थिए, जहाँ म "विषालु धुलो” मा सास लिई रहेकि थिए।
हरेक दिन आठ घन्टासम्म काम गरेपछि मात्र, तपाईले कम्सेकम भोजनको लागि समय पाउनु हुन्थ्यो। म भोक र हरेक दिनको विषालु ग्याँस लिनु पर्ने कारणले गर्दा दुब्ली र निर्जलित (शरीरमा पानी नभएको) भएकी थिए। एक वर्ष पछि मेरी बहिनी पनि खानीमा काम गर्न लागिन्। मेरो पिताजी पनि केहि ठीक भएर काम गर्न शुरू गर्नु भयो।
यस्तो समय आयो कि, मेरो पिता, माता, बहिनी र म सँगसँगै काम गर्थ्यौ र हामी कम्सेकम भोकै बस्न छाडेका थियौ।"
तर, फेरि भाग्यले हामीलाई अर्को तरिका बाट सताउन थाल्यो। एकदिन, जब म प्रचण्ड ज्वरोको कारण काममा जान नसकेर घरमा नै बसेको थिए, अचानक ठुलो वर्षा भयो। वर्षाले गर्दा खानी भित्र काम गर्ने मजदुर माथि पहिरो जानाले सयकडौँ मानिस पुरिएर मरे। त्यसमा मेरो पिता, माता र बहिनी पनि परेका थिए ।
" यहाँ हरूले याद गर्नु पर्दछ, त्यो बेला म मात्र छ वर्ष कि थिए। आखिरमा म सरकारी अगाती मन्दिर पुर्याईए। त्यहाँ मेरो शिक्षा दिक्षा भयो। मैले आफ्नै गाँउमा पहिलो अक्षर-पद्धति सिकेको थिए। अनन्तोगत्वा, यहाँ शिक्षकको रूपमा तपाईहरूको सामुन्ने छु।
तपाईंहरूले सोचिरहनु भएको होला कि, यि सबै कुरा र मैले किन मेकअप गर्दिन भन्ने कुराका बीच कस्तो सम्बन्ध छ? "
"आफ्नो शिक्षाकै बेला मलाई अनुभूति भएको थियो कि, ति दिन हरूमा, अँध्यारोमा घिस्रिदै मैले जुन सारा अभ्रख भेला गरेकी थिए, त्यसको प्रयोग मेकअप उत्पादनमा गरिन्थ्यो। अभ्रख पहिलो प्रकारको मोती जस्तै सिलिकेट खनिज हो। कयौं ठूलाठूला कस्मेटिक कम्पनीहरूद्वारा उत्पादन गरिने मेकअपको लागि यो खनिज प्रमुख पदार्थ हो। तपाईंको छालाको लागि सबैभन्दा चम्किलो रङ्ग बहुरङ्गी अभ्रख बाट नै बन्दछ, जसलाई २०,००० जना स-साना बालवालिका हरूले आफ्नो ज्यान जोखिममा राखेर निकाल्छन्।
गुलाबको कोमलता उनीहरूकै जलेका सपनाहरू, उनीहरूकै भत्किएको जीवन र चट्टानहरूकाबीच कुल्चिएको उनीहरूको रगत र मासु सँगै तपाईहरूको गालाहरूमा फैलिन्छ। हाम्रो सुन्दरता बढाउनकै लागि, आज पनि त्यो खानीमा स- साना बालबालिकाहरूलाई हातले उठाएका लाखौं डलर पर्ने अभ्रखको प्रयोग गरिन्छ।
अब यहाँ हरूले नै भन्नु होस्। म आफ्नो अनुहारमा कसरी मेकअप लगाउ ? म आफ्ना दाजुहरूको सम्झनामा पेटभरी कसरी खाउ?, जो भोकले मरेका थिए ? म आफ्नी आमाको यादमा महंगो रेशमी कपडा कसरी लगाउ?, जसले सपनामा पनि फाटेको कपडाको बारेमा कहिल्यै सोचेकी थिईनन् ?"
कयौँ वर्षपछि ति महिला, भारत गणराज्यको पहिलो नागरिक बनिन्, महामहिम राष्ट्रपति, श्रीमती द्रौपदी मुर्मु|