Yuba kishan युवा किसान

Yuba kishan युवा किसान हामी सबै युवा किसान ।

हे! म काउली हुँ रे!
08/06/2026

हे! म काउली हुँ रे!

तपाइको राय लेख्नु होस |
29/05/2026

तपाइको राय लेख्नु होस |

किसानलाई राहत: ५० प्रतिशत अनुदानमा हातेट्याक्टर वितरणभोजपुरको पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवर्द्धन गर्...
29/05/2026

किसानलाई राहत: ५० प्रतिशत अनुदानमा हातेट्याक्टर वितरण

भोजपुरको पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवर्द्धन गर्ने उद्देश्यसहित ३४० किसानलाई ५० प्रतिशत लागत साझेदारीमा हातेट्याक्टर (मिनीटिलर) वितरण गर्ने कार्यक्रम अघि बढाएको छ। पहिलो चरणमा १७० किसानलाई उपकरण वितरण गरिएको छ। गाउँपालिकाका अनुसार परम्परागत खेती प्रणालीलाई आधुनिक बनाउँदै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो। किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्दै आत्मनिर्भर बनाउने उद्देश्य पनि रहेको छ।

आलुखेती गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्आलुको बीऊ छनोट– जातीय शुद्धता भएको– दानाको साइज अण्डा आकारको (२० देखि ...
29/05/2026

आलुखेती गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

आलुको बीऊ छनोट

– जातीय शुद्धता भएको
– दानाको साइज अण्डा आकारको (२० देखि ४० ग्रा)
– चोट पटक नलागेको
– २/३ वटा आँखा भएको
– रोग, कीरा नलागेको
– हरियो मोटो, छोटो टुसा भएको
– तर सेतो, लामो टुसा भएको, दाना चाउरी परेको, नटुसाएको रोग कीरा लागेको आलुको बीऊ रोप्नु हुँदैन ।

बीऊको उपचार

डाइथेन एम. ४५ : २–३ ग्राम प्रति १–१.५ लिटर पानीमा मिसाउने
१ के.जी. आलु बीऊलाई ५ मिनेटसम्म उक्त घोलमा डुबाउने
उपचारपछि आलु छहारीमा सुकाउने, घाममा नसुकाउने
ब्लाइटक्स–५० पनि यही मात्रा र तरिकाले प्रयोग गर्न सकिन्छ
दुईमध्ये कुनै एक विषादी प्रयोग गरे पुग्छ
एउटै घोलमा बढीमा २ पटकसम्म बीऊ उपचार गर्न सकिन्छ
त्यसपछि पुरानो घोल फालेर नयाँ घोल तयार गर्नुपर्छ
धेरै बीऊ भए ड्रममा पानी राखी अनुपात अनुसार विषादी मिसाउने
प्रयोग भएको विषादीयुक्त पानी खाडलमा खन्याई पुरिदिनुपर्छ

लगाउने समय
राम्रो उत्पादनका लागि आलुको बीऊ असोज दोस्रो हप्तादेखि कार्तिक पहिलो हप्तासम्म लगाउन उपयुक्त हुन्छ
आवश्यक परे मंसिरसम्म पनि आलु रोप्न सकिन्छ

आलु बीऊ टुसाउने तरीका
आलु खनेपछि केही समय टुसा नआउने अवस्थालाई सुषप्त अवस्था भनिन्छ
यही अवस्थामा आलु शित भण्डार (कोल्डस्टोर) मा राखिन्छ
कोल्डस्टोरबाट ल्याएको बीऊ सिधै रोप्नु हुँदैन
बीऊलाई उज्यालो तर घाम नलाग्ने ठाउँमा २–३ हप्तासम्म फिजाएर राख्नुपर्छ
अँध्यारो कोठामा राख्नु हुँदैन
अँध्यारोमा टुसा सेतो, लामो र कमजोर हुन्छ
उज्यालो ठाउँमा टुसा मोटो, हरियो र बलियो हुन्छ
टुसाएको बीऊ रोप्दा छिटो र समान रूपमा उम्रिन्छ
यसले छिटो फल्ने र राम्रो उत्पादन दिने हुन्छ
नटुसाई रोपेमा ढिलो उम्रिने, कम उत्पादन हुने र असमान रूपमा उम्रिने हुन्छ

लगाउने दूरी र तरीका
आलु ड्याङ बनाएर रोप्दा राम्रो उत्पादन हुन्छ
ड्याङ छोटो–छोटो बनाउनुपर्छ
ड्याङ दूरी: ६०–७० से.मी.
बोट दूरी: २०–२५ से.मी.
बीऊ ५–६ औँला माटोले पुर्नुपर्छ
टुसा माथितिर फर्काएर रोप्नुपर्छ
धेरै गहिरो रोप्दा ढिलो उम्रिन्छ
२०–४० ग्रामको अण्डा आकारको बीऊ राम्रो मानिन्छ
प्रतिकट्ठा ६०–७० केजी बीऊ आवश्यक पर्छ

मल खाद
गोबर मल: ४०–५० डोका प्रतिकट्ठा
डि.ए.पी.: ७ केजी प्रतिकट्ठा
युरिया: ४ केजी प्रतिकट्ठा
पोटास: ३.५ केजी प्रतिकट्ठा
डि.ए.पी. र पोटास पूरै रोप्नुअघि हाल्ने
युरिया आधा रोप्नुअघि र बाँकी आधा गोडमेल तथा उकेरा दिने बेला प्रयोग गर्ने

आलुमा कम्तीमा २ पटक सिँचाइ गर्नुपर्छ
आलुमा कम्तीमा २ पटक सिँचाइ गर्नुपर्छ
पहिलो सिँचाइ: बीऊ उम्रेको १ महिनापछि
दोस्रो सिँचाइ: दाना लाग्ने बेला
बाँकी युरिया मल दुई पटकमा आधा–आधा गरी टपड्रेस गर्नुपर्छ
सिँचाइसँगै गोडमेल र माटो चढाउने काम गर्नुपर्छ
सिँचाइ गर्दा ड्याङको आधा भाग मात्र भिज्ने गरी पानी दिनुपर्छ
पूरै ड्याङ डुब्ने गरी पानी दिनु हुँदैन

आलुको भाउ आधामै झरेपछि थाहा नगरपालिकाका कृषक चिन्तित, लगानीसमेत उठाउन मुस्किलमकवानपुरको थाहा नगरपालिकाका आलु किसान यतिबे...
18/05/2026

आलुको भाउ आधामै झरेपछि थाहा नगरपालिकाका कृषक चिन्तित, लगानीसमेत उठाउन मुस्किल

मकवानपुरको थाहा नगरपालिकाका आलु किसान यतिबेला सस्तो मूल्यमा आलु बेच्न बाध्य भएका छन्। दामन, पालुङ, बज्रवराही र चित्लाङ क्षेत्रका कृषकहरू धमाधम आलु खन्न व्यस्त भए पनि बजार भाउ अत्यन्त न्यून हुँदा उनीहरू चिन्तामा परेका हुन्।

हाल व्यापारीहरूले खेतमै पुगेर सेतो आलु प्रतिकेजी १० रुपैयाँ र रातो आलु १२ रुपैयाँमा खरिद गरिरहेका छन्। गत वर्ष यही समयमा सेतो आलु २० रुपैयाँ र रातो आलु २५ रुपैयाँ प्रतिकेजीसम्म बिक्री भएको किसानहरू बताउँछन्।

थाहा–३ का कृषक मुरारी खत्रीका अनुसार यसपाली उत्पादन घटेको मात्रै होइन, भाउसमेत नपाउँदा लगानी उठाउनै कठिन भएको छ। “भण्डारण गर्ने ठाउँ छैन, बोट पनि मरिसक्यो, त्यसैले सस्तोमै बेच्न बाध्य भएका हौं,” उनले बताए।

थाहा नगरपालिकाकी कृषि शाखा प्रमुख बालकुमारी भट्टराईका अनुसार वैशाख महिनामा लगातार परेको वर्षाका कारण डढुवा रोग फैलिँदा आलुको बोट चाँडै मरेको र दाना साना आकारका फलेका हुन्।

आज किस्पाङ-४ साल्मेकाे अकबरे खुर्सानी काठमाडौं जाँदै छ किसानहरु खुसीकाे उत्पादनमा जाेड दिदैछन।
15/08/2025

आज किस्पाङ-४ साल्मेकाे अकबरे खुर्सानी काठमाडौं जाँदै छ किसानहरु खुसीकाे उत्पादनमा जाेड दिदैछन।

दहि चिउरा १५ असारमा
29/06/2025

दहि चिउरा १५ असारमा

अब नि भोट दिदा आम नागरिकले सोचेन भने जिन्दगि भर पछुताउनु पर्ने अवस्था छ । देश बिग्रेको नेताले हैन तिमि  हामी जस्तो झोलेल...
15/06/2025

अब नि भोट दिदा आम नागरिकले सोचेन भने जिन्दगि भर पछुताउनु पर्ने अवस्था छ । देश बिग्रेको नेताले हैन तिमि हामी जस्तो झोलेले गर्दा हो भोट दिदा आफ्नोपन र मासु भात अनि फाइदा हेरेर भोट दिएको कारण । २०८४ मा भने यी कुरालाई छेउमा राखेर देश बनाउन हिडेका र भिजन मिस्सन भएकालाई भोट हालौ ।

“नालायकहरुको नाङ्गो नाच” व्यवसायी छबि खरेलले हालैको विद्युत आपूर्तिको चरम अनियमिततालाई “नालायकहरुको नाङ्गो न.....

नयाँ वर्षको नयाँ प्रभामासपना सजियोस् जीवनमासपनालाई पुरा गरि देखाऊहर दिन खुशीले बिताउ जीवनमानव वर्षको मंगलमय शुभकामना
13/04/2025

नयाँ वर्षको नयाँ प्रभामा
सपना सजियोस् जीवनमा
सपनालाई पुरा गरि देखाऊ
हर दिन खुशीले बिताउ जीवनमा
नव वर्षको मंगलमय शुभकामना

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Yuba kishan युवा किसान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share