दोलखा दर्पण/Dolakha Darpan.news.

दोलखा दर्पण/Dolakha Darpan.news. "वर्षौंदेखि समाजमा लुकेका अदेखा सत्यहरू अब दोलखा दर्पण न्यूज,मार्फत जनताको दृष्टिको दर्पणमा उजागर हुनेछन्।"

प्रधानमन्त्री बालेनको सम्बोधनअघि राष्ट्रसंघ अगाडि नेपाली समुदायको जलवायु न्याय माग !!!न्युयोर्क । प्रधानमन्त्री बालेनको ...
24/09/2026

प्रधानमन्त्री बालेनको सम्बोधनअघि राष्ट्रसंघ अगाडि नेपाली समुदायको जलवायु न्याय माग !!!

न्युयोर्क । प्रधानमन्त्री बालेनको सम्बोधनअघि संयुक्त राष्ट्रसंघ अगाडि आयोजित कार्यक्रममा नेपाली समुदायले नेपालका लागि जलवायु न्यायको माग गर्दै आवाज उठाएका छन्।

जलवायु परिवर्तनका कारण नेपालले भोग्दै आएका बाढी, पहिरो, हिमपहिरो तथा अन्य प्राकृतिक विपद्का घटनाप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै सहभागीहरूले नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकलाई न्यायोचित सहयोग र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

कार्यक्रममा नेपाली समुदायले जलवायु परिवर्तनबाट नेपालमा परेको असरलाई अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले जलवायु संकटको मुख्य असर भोगिरहेका समुदायको संरक्षण र अधिकार सुनिश्चित गर्न विश्व समुदाय गम्भीर बन्नुपर्ने बताएका छन्।

दोलखा दर्पणका लागि
संवाददाता : निरबहादुर थामी

#दोलखादर्पण #जलवायु_न्याय #नेपाल #नेपाली_समुदाय #संयुक्त_राष्ट्रसंघ

भारी वर्षाको पूर्वानुमानपछि कर्णालीमा उच्च सतर्कता !!!दोलखा । कर्णाली प्रदेशमा भारी वर्षाको पूर्वानुमानपछि सम्भावित बाढी...
24/09/2026

भारी वर्षाको पूर्वानुमानपछि कर्णालीमा उच्च सतर्कता !!!

दोलखा । कर्णाली प्रदेशमा भारी वर्षाको पूर्वानुमानपछि सम्भावित बाढी, पहिरो र डुबानको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गरी आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन तयारी अवस्थामा राख्न निर्देशन दिएको हो।

बैठकले जोखिमयुक्त क्षेत्र तथा सडकखण्डमा विशेष निगरानी बढाउन र विपद् आइपरेमा तत्काल उद्धार तथा राहत कार्यमा जुट्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

साथै, सम्भावित जोखिमलाई ध्यानमा राख्दै नागरिकलाई समेत सतर्क रहन तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ।

संवाददाता : निरबहादुर थामी

#दोलखादर्पण #कर्णालीप्रदेश #भारीवर्षा #बाढीपहिरो #विपद्सतर्कता

कालिञ्चोक गाउँ शिक्षा समितिको सदस्यमा शिक्षाविद् रमेश थामी मनोनित !!!दोलखा । कालिञ्चोक गाउँपालिकाले शिक्षाविद् रमेश थामी...
24/09/2026

कालिञ्चोक गाउँ शिक्षा समितिको सदस्यमा शिक्षाविद् रमेश थामी मनोनित !!!

दोलखा । कालिञ्चोक गाउँपालिकाले शिक्षाविद् रमेश थामीलाई गाउँ शिक्षा समितिको सदस्यमा मनोनित गरेको छ।

गाउँ शिक्षा समितिको २०८३ असोज १ गतेको निर्णयअनुसार थामीलाई शिक्षा क्षेत्रप्रतिको योगदान, अनुभव र विशेषज्ञतालाई कदर गर्दै कालिञ्चोक गाउँपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन, २०७५ (संशोधन २०७९) बमोजिम गाउँ शिक्षा समितिको सदस्यमा मनोनित गरिएको हो।

गाउँपालिकाले थामीको ज्ञान, अनुभव र सक्रिय सहभागिताबाट पालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि, नीति निर्माण तथा समग्र शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको जनाएको छ। कालिञ्चोक गाउँपालिकाले शिक्षा क्षेत्रसम्बन्धी नीति तथा योजना अघि बढाउँदै आएको आधिकारिक विवरणमा समेत उल्लेख छ।

समितिको सदस्यमा मनोनित भएपछि थामीले आफूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै शिक्षा क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संवाददाता : निरबहादुर थामी
दाेलखा दर्पण
#कालिञ्चोकगाउँपालिका #गाउँशिक्षासमिति #रमेशथामी #शिक्षाविकास #दोलखा

नेपाली कांग्रेस कालिञ्चोक गाउँपालिका सभापतिमा झलक बस्नेत विजयी !!!दोलखा । नेपाली कांग्रेस कालिञ्चोक गाउँपालिका सभापति पद...
24/09/2026

नेपाली कांग्रेस कालिञ्चोक गाउँपालिका सभापतिमा झलक बस्नेत विजयी !!!

दोलखा । नेपाली कांग्रेस कालिञ्चोक गाउँपालिका सभापति पदका लागि आज सम्पन्न निर्वाचनबाट झलक बस्नेत विजयी हुनुभएको छ।

निर्वाचनमा विजयी हुनुभएका बस्नेतलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। उहाँको नेतृत्वमा नेपाली कांग्रेस कालिञ्चोक गाउँपालिकाको संगठन थप सुदृढ हुँदै अघि बढ्ने अपेक्षा गरिएको छ।

संवाददाता : निरबहादुर थामी

#नेपालीकांग्रेस #कालिञ्चोक #झलकबस्नेत #दोलखा दर्पण #निर्वाचन

राहदानी ऐन संशोधन विधेयकमाथि मानव अधिकार आयोगमा परामर्श !!!काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको कानून महाशाखाको आयोजन...
24/09/2026

राहदानी ऐन संशोधन विधेयकमाथि मानव अधिकार आयोगमा परामर्श !!!

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको कानून महाशाखाको आयोजनामा राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८३ का विषयमा परामर्श कार्यक्रम सम्पन्न भएको छ।

२०८३ असोज ७ गते आयोजित कार्यक्रममा विधेयकलाई मानव अधिकारको दृष्टिकोणबाट छलफल गरिएको थियो। कार्यक्रममा आयोगका माननीय आयुक्त मनोज दुवाडी, निमित्त सचिव डा. टिकाराम पोखरेलसहित सहसचिव, उपसचिव तथा अधिकृतहरूले विधेयकबारे आफ्ना धारणा राख्नुभएको थियो।

कार्यक्रममा कानून महाशाखाबाट तयार गरिएको विधेयकमा मानव अधिकारका दृष्टिकोणबाट आवश्यक सुधार तथा समेटिनुपर्ने विषयबारे मानव अधिकार अधिकृत सुदीप्ती सुवेदीले प्रस्तुति दिनुभएको थियो।

राहदानीसम्बन्धी कानुनी व्यवस्थालाई मानव अधिकारमैत्री बनाउने तथा विधेयकमा आवश्यक सुधार गर्ने विषयमा कार्यक्रममा छलफल गरिएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ।

संवाददाता : निरबहादुर थामी

#दोलखादर्पण #राष्ट्रियमानवअधिकारआयोग #राहदानीऐन #मानवअधिकार #विधेयक

भोटेकोसी बाढीपीडित ५० परिवारलाई त्रिएक जवान समूहको राहत !!!रसुवा । भोटेकोसी बाढीका कारण विस्थापित भई नुवाकोटको विदुर नगर...
24/09/2026

भोटेकोसी बाढीपीडित ५० परिवारलाई त्रिएक जवान समूहको राहत !!!

रसुवा । भोटेकोसी बाढीका कारण विस्थापित भई नुवाकोटको विदुर नगरपालिका–५, पिपलटारस्थित होल्डिङ सेन्टरमा बस्दै आएका रसुवाको उत्तरगया गाउँपालिका–१ खाल्डेका ५० परिवारलाई चितवनको त्रिएक जवान समूहले राहत सामग्री वितरण गरेको छ।

समूहले करिब २ लाख २५ हजार रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो। राहतस्वरूप प्रत्येक परिवारलाई एक–एक थान फाइबर ब्ल्याङ्केट, प्रेसर कुकर, कराही तथा नगद १ हजार रुपैयाँ प्रदान गरिएको त्रिएक जवान समूहका अध्यक्ष सुमन लुङ्गेलीले जानकारी दिनुभयो।

बाढीका कारण घरबास गुमाएर अस्थायी आश्रयमा बसिरहेका परिवारलाई दैनिक जीवनमा आवश्यक सामग्रीसहित नगद सहयोग उपलब्ध गराइएको हो। संकटको समयमा गरिएको यस सहयोगले विस्थापित परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

संवाददाता : निरबहादुर थामी
थाङ्मीचागुडटकम
#भोटेकोसीबाढी #बाढीपीडित #रसुवा #राहतसहयोग #नुवाकोट

डोल्पामा सीता एयरको जहाज दुर्घटना !!!डोल्पा । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटनामा प...
24/09/2026

डोल्पामा सीता एयरको जहाज दुर्घटना !!!

डोल्पा । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ। नेपालगञ्जबाट उडेको जहाज अवतरणका क्रममा पाङ्ग्रामा समस्या आएपछि धावनमार्गमै रोकिएको हो।

जहाजमा सवार यात्रु तथा चालक दलका सदस्यहरू सकुशल रहेको जनाइएको छ। घटनापछि विमानस्थलको उडान सेवा प्रभावित भएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

संवाददाता : निरबहादुर थामी

#डोल्पा #सीताएयर #जुफालविमानस्थल #जहाजदुर्घटना #दोलखादर्पण

पालुङटार कागतीको हब बन्दै, किसानको आम्दानी बढ्ने आशा !!!गोरखा । गोरखाको पालुङटार नगरपालिका–९ पछिल्लो समय कागती उत्पादनको...
24/09/2026

पालुङटार कागतीको हब बन्दै, किसानको आम्दानी बढ्ने आशा !!!

गोरखा । गोरखाको पालुङटार नगरपालिका–९ पछिल्लो समय कागती उत्पादनको उर्वर क्षेत्रका रूपमा विकसित हुँदै गएको छ। यहाँका किसानले उत्पादन गरेको कागतीको पालुङटार बजारसहित आसपासका क्षेत्रमा राम्रो माग हुन थालेपछि कागती खेतीबाट किसानको आम्दानी बढ्ने आशा जागेको छ।

गत वर्ष कागतीको बजारीकरणमा केही समस्या देखिए पनि यस वर्ष भने उत्पादनसँगै बजारको मागसमेत राम्रो रहेकाले किसान उत्साहित भएका छन्। व्यावसायिक रूपमा कागती खेती विस्तार हुँदै जाँदा पालुङटार–९ लाई कागती उत्पादनको महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्ने सम्भावना देखिएको छ।

यद्यपि केही बगैंचामा भने नियमित काँटछाँट, बगैंचा व्यवस्थापन तथा आवश्यक प्राविधिक तालिममा थप ध्यान दिनुपर्ने अवस्था देखिएको छ। उत्पादन बढाउन र कागतीको गुणस्तर कायम राख्न किसानलाई प्राविधिक सहयोग आवश्यक रहेको देखिन्छ।

यसै क्रममा कृषक ईश्वर बानियाँ, मीनबहादुर बानियाँ र किशोर गुरुङका कागती बगैंचामा पुगेर पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेलगायतले बगैंचाको अवस्था, उत्पादन तथा किसानका समस्याबारे जानकारी लिएका छन्।

नगरपालिकाको कृषि शाखाका अनुसार कागती खेतीलाई थप व्यवस्थित बनाउँदै किसानलाई आवश्यक प्राविधिक सहयोग र बगैंचा व्यवस्थापनसम्बन्धी ज्ञान प्रदान गर्ने विषयमा समेत ध्यान दिइएको छ।

स्थानीय किसानको मेहनत, बजारको बढ्दो माग र नगरपालिकाको सहजीकरणले पालुङटार–९ लाई आगामी दिनमा कागती उत्पादनको नमुना क्षेत्र बनाउने सम्भावना बलियो देखिएको छ।

संवाददाता : निरबहादुर थामी
दाेलखा दर्पण
#पालुङटार #कागतीखेती #गोरखा #कृषि #किसान

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न बाँकी लाभग्राहीलाई यस्तो छ सूचना !!!दोलखा । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आउनुभए...
24/09/2026

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न बाँकी लाभग्राहीलाई यस्तो छ सूचना !!!

दोलखा । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आउनुभएका तर हालसम्म नवीकरण गर्न बाँकी रहेका सम्पूर्ण लाभग्राहीलाई समयमै आफ्नो विवरण नवीकरण गर्न सम्बन्धित निकायले अनुरोध गरेको छ।

ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित तथा अन्य लक्षित वर्गका लाभग्राहीले सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी आवश्यक कागजातसहित नवीकरण प्रक्रिया पूरा गर्नुपर्नेछ।

समयमै नवीकरण नगर्दा आगामी किस्ताको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न समस्या आउन सक्ने भएकाले नवीकरण गर्न बाँकी सबै लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

संवाददाता : निरबहादुर थामी

#सामाजिकसुरक्षाभत्ता #लाभग्राही #नवीकरण #दोलखा #दोलखादर्पण

रोशीको खोलामा डुबेको बस अन्ततः निकालियो, डोजर र सुरक्षाकर्मीको संयुक्त प्रयास सफल !!!काभ्रे । काभ्रेको रोशी खोलामा डुबेक...
24/09/2026

रोशीको खोलामा डुबेको बस अन्ततः निकालियो, डोजर र सुरक्षाकर्मीको संयुक्त प्रयास सफल !!!

काभ्रे । काभ्रेको रोशी खोलामा डुबेको बसलाई डोजर र सुरक्षाकर्मीको संयुक्त प्रयासमा खोलाबाट बाहिर निकालिएको छ।

रोशी खोलाको तीव्र बहाव र कठिन परिस्थितिबीच सुरक्षाकर्मी तथा उद्धार टोलीले डोजरको सहयोगमा निरन्तर प्रयास गरेपछि बसलाई खोलाबाट निकाल्न सफल भएका हुन्।

घटनास्थलमा उद्धार तथा खोजी कार्यलाई प्राथमिकतामा राख्दै सुरक्षाकर्मीले आवश्यक समन्वय र निगरानी गरिरहेका छन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

संवाददाता : निरबहादुर थामी

#दोलखादर्पण #काभ्रे #रोशीखोला #उद्धारकार्य #बसदुर्घटना

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when दोलखा दर्पण/Dolakha Darpan.news. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category