The royal Family of Nepal

The royal Family of Nepal Follow us ❣️

14/02/2026
Nice 🫰
14/09/2025

Nice 🫰

Rest in peace 🙏🙏
15/07/2025

Rest in peace 🙏🙏

तुइन देशमा जनताको तौलभन्दा घोषणाको भार बढी हुन्छ।
दार्चुलाको महाकालीमा २८ वर्षीय नारायण बुढाथोकी तुइन चुँडिएर बेपत्ता भए। बोल्नेहरूले गफ उडाए, सुन्‍नेहरूले “ओहो!” भने, अनि सरकार? उ त्यही पुरानै ‘प्रक्रियामा छ’ भन्ने लाइन दोहोर्‍याउँदै फेरि बग्यो महाकालीभन्दा लाजले ढाक्न नमिल्ने चोखो झुटमा।

यो घटना होइन, हत्या हो। राज्यको चिहानमा अझ एक शव थपिएको हो। त्यो तुइन चुँडिएको होइन, सरकारको संवेदना चुँडिएको हो, हाम्रो नागरिकताको मूल्य चुँडिएको हो।

२०१५ सालमा केपी ओलीले “देश तुइनमुक्त बनाउँछु” भन्दै माइक समाते। ९ वर्षपछि न देश तुइनमुक्त भयो, न देशमा एक उद्योग थपियो। तर ऋण? २७ खर्ब। हो, खर्ब! त्यत्रो पैसा कुन तुइनमा झुन्ड्याएर, कुन खल्तीमा पुर्‍याइयो? दमकको भ्युटावरबाट हेरियो होला“कर्णालीका बासीहरू अझै तुइन तर्दैछन्, तर विकास कति राम्ररी देखिन्छ है!”
गफ मुक्त देश बनाउने कहिले घोषणा हुन्छ?
भन्छन्—“बोल्न पाइन्छ!”
हो, बोल्न पाइन्छ, तर सुन्नेहरू कानमा घण्टी लगाएर बसेका छन्।
“लेख्न पाइन्छ!”
हो, लेख्न पाइन्छ, तर पढ्नेहरूको हाँसो र आक्रोश एउटै लाइनमा मिसिएको छ।
“हिँड्न पाइन्छ!”
हो, हिँड्न पाइन्छ, तर जहाँ पुल हुनु पर्ने हो, त्यहाँ तुइन छ र तुइन चुँडिन्छ।
“स्वतन्त्रता छ!”
तर सास त त्यत्तिकै गुम्छ, जब राज्यले बाँच्न आवश्यक पूर्वाधार दिन सक्दैन। हामी ‘समृद्ध नेपाल’ को सपना देखेका थियौँ, तर झ्याप्प झोलामा ‘झुटो शासन’ हालेर सरकार हिड्यो।

तुइन हटाउने नेतृत्व त आयो,
तर जनताको भरोसा तुइनमै अल्झियो।

यसैमा आफैँलाई ऐनामा हेर्नुहोस् तपाईं पनि व्यवस्था हो।
चुप लाग्नु भनेको समर्थन गर्नु हो।
र समर्थन गर्नु भनेको अर्को नारायणको मृत्युमा सहमति जनाउनु हो।

#तुइनदेश #शब्दविरोध #राजनीतिकव्यंग्य

15/07/2025

Kada

06/06/2025
२०५० साल जेठ ३ गतेको रात। रेडियो नेपालको ११ बजेको समाचार देशभरि फैलियो —“दासढुङ्गामा गाडी दुर्घटना। महासचिव मदन भण्डारी ...
17/05/2025

२०५० साल जेठ ३ गतेको रात। रेडियो नेपालको ११ बजेको समाचार देशभरि फैलियो —
“दासढुङ्गामा गाडी दुर्घटना। महासचिव मदन भण्डारी बेपत्ता।”

त्यो खबरले हजारौं नेपाली मनहरूमा शोक, आशंका र अनिश्चितताको छायाँ फैलायो।
महासचिव कमरेड मदन कुमार भण्डारी — पार्टीका विचारक, जनताको नेता।
संगै संगठन विभाग प्रमुख कमरेड जीवराज आश्रित।
दुवैजना गम्भीर दुर्घटनामा, गाडी त्रिशूलीमा पल्टिएको भनियो।
बाँच्नुभएका थिए केवल ड्राइभर।

देश स्तब्ध भयो।

कति विद्यार्थी, कार्यकर्ता, सर्वसाधारण — आशाले भरिएर
दासढुङ्गा पुगे।
पैसा थिएन। साधन थिएन।
तर एउटा आशा थियो—“शायद उहाँहरू जीवितै हुनुहुन्छ।”

तर दिन बित्दै गयो, आशा गल्दै गयो।
सातौं दिन उहाँहरूको शव भेटियो।
जनता रुँदै गेष्टहाउस चौरमा भेला भए — श्रद्धाञ्जली दिन।

तर त्यो दिनसँगै उब्जिएको प्रश्न आजसम्म बाँकी छ —
के त्यो दुर्घटना थियो?
कि नियोजित हत्या?

घटनास्थलमा देखिएको भुस र वालुवाका थुप्रोहरू —
किन अन्वेषण भएनन्?

किन छानबिन अधुरै रह्यो, बारम्बार गठन भएर विघटन भए?

आफ्नै पार्टीको बहुमतको सरकार बन्यो।
आफ्नै जीवनसङ्गिनी दुई कार्यकालसम्म राष्ट्रपति बनिन्।
तर पनि किन सत्य लुकाइयो?

यी प्रश्नहरू ३२ वर्षपछि पनि अनुत्तरित छन्।

आज उहाँहरूको नाममा नाराहरू लाग्छन्।
भाषणहरू हुन्छन्।
चुनावी नारा र पोस्टरहरूमा फोटो टाँसिन्छ।

तर के उहाँहरूको विचार जिउँदै छ?
के जनताको राजनीतिमा उहाँहरूको सपना बाँचिरहेको छ?



साँचो श्रद्धाञ्जली के हो?
• भाषण?
• पद?
• राष्ट्रपतिको आसन?

कि विचारलाई व्यवहारमा उतार्नु?
सत्यको खोजी गर्नु?

जब प्रश्न अझै उत्तरविहीन छन्,
जनताको मन चिच्याउँछ—

“अब कसले ल्याउने दासढुङ्गाको साँचो उज्यालो?”



महान् नेता, विचारक मदन कुमार भण्डारी र संगठनकर्ता जीवराज आश्रितप्रति उच्च श्रद्धा।
उहाँहरूको सपना अझै अधुरो छ। हामी सम्झिरहन्छौं।

हार्दिक श्रद्धाञ्जली।

🤣
19/04/2025

🤣

18/04/2025

🤣🤣🤣

Maan parxa ?
03/04/2025

Maan parxa ?

Address

Kathmandu

Telephone

+9779803882972

Website

Alerts

Be the first to know and let us send you an email when The royal Family of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The royal Family of Nepal:

Share