15/07/2025
Rest in peace 🙏🙏
तुइन देशमा जनताको तौलभन्दा घोषणाको भार बढी हुन्छ।
दार्चुलाको महाकालीमा २८ वर्षीय नारायण बुढाथोकी तुइन चुँडिएर बेपत्ता भए। बोल्नेहरूले गफ उडाए, सुन्नेहरूले “ओहो!” भने, अनि सरकार? उ त्यही पुरानै ‘प्रक्रियामा छ’ भन्ने लाइन दोहोर्याउँदै फेरि बग्यो महाकालीभन्दा लाजले ढाक्न नमिल्ने चोखो झुटमा।
यो घटना होइन, हत्या हो। राज्यको चिहानमा अझ एक शव थपिएको हो। त्यो तुइन चुँडिएको होइन, सरकारको संवेदना चुँडिएको हो, हाम्रो नागरिकताको मूल्य चुँडिएको हो।
२०१५ सालमा केपी ओलीले “देश तुइनमुक्त बनाउँछु” भन्दै माइक समाते। ९ वर्षपछि न देश तुइनमुक्त भयो, न देशमा एक उद्योग थपियो। तर ऋण? २७ खर्ब। हो, खर्ब! त्यत्रो पैसा कुन तुइनमा झुन्ड्याएर, कुन खल्तीमा पुर्याइयो? दमकको भ्युटावरबाट हेरियो होला“कर्णालीका बासीहरू अझै तुइन तर्दैछन्, तर विकास कति राम्ररी देखिन्छ है!”
गफ मुक्त देश बनाउने कहिले घोषणा हुन्छ?
भन्छन्—“बोल्न पाइन्छ!”
हो, बोल्न पाइन्छ, तर सुन्नेहरू कानमा घण्टी लगाएर बसेका छन्।
“लेख्न पाइन्छ!”
हो, लेख्न पाइन्छ, तर पढ्नेहरूको हाँसो र आक्रोश एउटै लाइनमा मिसिएको छ।
“हिँड्न पाइन्छ!”
हो, हिँड्न पाइन्छ, तर जहाँ पुल हुनु पर्ने हो, त्यहाँ तुइन छ र तुइन चुँडिन्छ।
“स्वतन्त्रता छ!”
तर सास त त्यत्तिकै गुम्छ, जब राज्यले बाँच्न आवश्यक पूर्वाधार दिन सक्दैन। हामी ‘समृद्ध नेपाल’ को सपना देखेका थियौँ, तर झ्याप्प झोलामा ‘झुटो शासन’ हालेर सरकार हिड्यो।
तुइन हटाउने नेतृत्व त आयो,
तर जनताको भरोसा तुइनमै अल्झियो।
यसैमा आफैँलाई ऐनामा हेर्नुहोस् तपाईं पनि व्यवस्था हो।
चुप लाग्नु भनेको समर्थन गर्नु हो।
र समर्थन गर्नु भनेको अर्को नारायणको मृत्युमा सहमति जनाउनु हो।
#तुइनदेश #शब्दविरोध #राजनीतिकव्यंग्य