09/09/2023
ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. काे तेईसाै वार्षिक साधारणसभा भदाै २३ गते चापागाँउमा सम्पन्न भयाे।कार्यक्रममा वागमती प्रदेशका उद्योग वाणिज्य तथा सामान्य प्रशासन मन्त्री माननीय रामकृष्ण चित्रकारज्यू प्रमुख आतिथी र विशेष अतिथिमा माननीय मधुसुधन पाैडेल, माननीय उर्मिला लामा, केन्द्रीय दूध सहकारी संघका अध्यक्ष अमर बहादुर कुवरकाे उपस्थिती रहेकाे थियाे। यसै गरि केन्द्रीय दूध सहकारी संघका महासचिव रामप्रसाद आचार्य, वागमती प्रदेस सहकारी संघका वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जन, डेरी एसाेसिएनका अध्यक्ष प्रल्हाद दाहाल, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दहाल, गाेदावरी नगरपालिकाकाे मेयर गजेन्द्र महर्जन, काेन्ज्याेसाेम गाउँपालिकाकाे अध्यक्ष कृष्णमान लामा, महाँकाल गाउँपालिकाकाे उपाध्यक्ष डाेल्मा लामा, जिल्ला सहकारी संघ ललितपुरका रुपेस तिमल्सिना, जिल्ला कृषि सहकारी संघका चित्रराज तिमल्सिना, विद्युत सहकारीका गाेविन्द बजगाई, तथा विभिन्न डेरी उद्योगको प्रतिनिधिहरु अतिथिकाे रुपमा उपस्थित हुनुभएको थियाे । सभामा उपस्थित अतिथिहरुले कार्यक्रम सफलताकाे शुभकामना दिदै दुग्ध क्षेत्रकाे प्रवर्द्धन र विकासकाे लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएकाे थियाे। ललितपुर जिल्लामा संचालित ६० वटा भन्दावढी दुग्ध सहकारीका प्रतिनिधिहरुकाे उपस्थितिमा अध्यक्षकाे प्रतिवेदन, अन्य प्रतिवेदनहरु निति तथा कार्यक्रम र वजेट पास गरीएकाे थियाे। साथै विनियम पुनर्लेखन, विनियमावलीहरु, निर्देशिका र कार्यविधिहरुमा समेत छलफल गरि पारीत गरकाे थियोे । सभामा उत्कृष्ट कृषक र उत्कृष्ट सहकारी संस्था एवं उल्लेख्य शेयर सहभागिता गर्नेहरूलाई सम्मान गरीएकाे थियाे। उक्त सभाकाे सभापति संघका अध्यक्ष कृष्णप्रसाद सापकोटाले र कार्यक्रम संचालन संघका सचिव ध्रुवप्रसाद घिमिरेले गर्नुभएकाे थियाे।