14/08/2026
📍 पवन माध्यमिक विद्यालय, रामग्राम–२, परासीमा तालाबन्दी र चरम बेथिति !
विद्यालय व्यवस्थापन समितिको कुनै निर्णय तथा कानुनी प्रक्रिया बिना विद्यालयमा तालाबन्दी गरिएको भन्ने सूचना प्राप्त भएपछि S99 खबरको टोली घटनास्थलमा पुगेर वास्तविक अवस्था बुझ्ने प्रयास गरेको छ।
स्थलगत अवलोकनका क्रममा विद्यालयको शौचालयको अवस्था अत्यन्त दयनीय र स्वास्थ्यका दृष्टिले गम्भीर रहेको पाइएको छ। केही क्षण पनि बस्न कठिन हुने अवस्थामा रहेका शौचालयहरू विद्यार्थीहरूले वर्षौंदेखि प्रयोग गर्न बाध्य भएको अवस्था देखिएको छ।
विद्यालय प्रशासन र सम्बन्धित निकायको लापरवाहीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने जोखिम बढेको छ। शिक्षा प्राप्त गर्ने पवित्र थलोमा आधारभूत सरसफाइसमेत सुनिश्चित हुन नसक्नु दुःखद विषय हो।
यस विषयमा S99 खबरको गम्भीर ध्यानाकर्षण भएको छ। तत्काल सम्बन्धित निकाय, स्थानीय सरकार तथा सरोकारवाला पक्षले आवश्यक छानबिन गरी समस्या समाधानतर्फ अग्रसर हुनुपर्ने देखिन्छ।
स्वास्थ्यभन्दा ठूलो धन केही हुँदैन। विद्यार्थीहरूको स्वास्थ्य र भविष्यसँग खेलवाड नगर्न सम्बन्धित पक्षलाई आग्रह गर्दछौं।
एस नायन्टिनाइन खबर