27/08/2026
हालसालै देशका विभिन्न भागमा आएको बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्याएको हामी सबैमा विदितै छ। कैयन् परिवारहरू घरबारविहीन भएका छन् भने दैनिक उपभोगका सामग्रीको चरम अभाव देखिएको छ।
यस्तो विषम परिस्थितिमा पीडित दाजुभाइ तथा दिदीबहिनीहरूलाई राहत पुर्याउनु हाम्रो प्रमुख दायित्व हो। हामीले स्थानीय स्तरमै राहत संकलन केन्द्र स्थापना गरेका छौं।
तपाईंहरूले लत्ताकपडा, सुक्खा खानेकुरा, औषधी वा आर्थिक सहयोग उपलब्ध गराएर यो मानवीय कार्यमा हातेमालो गर्न सक्नुहुनेछ। यहाँहरूको सानो सहयोगले कसैको जीवनमा ठूलो राहत मिल्न सक्छ।