Nepal Machha Farm

Nepal Machha Farm Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Machha Farm, Farm, Lumbini.

हामी कहाँ लोकल कुखुरा ( भाले पोथी )�, चाइनिज हास�,
लोकल कुखुराको अन्डा � चाइनिज हासको अन्डा �चाइनिज हासको बच्चाहरु तथा विभिन्न किसिमका माछाहरु�
उपलब्ध छ!!
नेपाल माछा फाम
स्थान : सिहारी-४ ,छपिया रुपन्देही
९८५७०२१८८५ ( 9857021885)

19/12/2025

यदि तपाईंलाई चाइनिज हासको अण्डा चाहिन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्।

Nepal Machha Farm

06/10/2025
आदरणीय माछापालक किसान साथीहरु,झरी परेको समयमा माछालाई दाना नहाल्नु होला। यस्तो अवस्थामा माछाले दाना खाने सम्भावना कम भइ ...
20/09/2025

आदरणीय माछापालक किसान साथीहरु,
झरी परेको समयमा माछालाई दाना नहाल्नु होला। यस्तो अवस्थामा माछाले दाना खाने सम्भावना कम भइ दाना नास हुन्छ र नखाएको दानाले पानीको गुणस्तरमा असर पुर्याउछ।
Nepal Machha Farm

स्याउमा लाग्ने रोग र नियन्त्रणका उपाय:१) स्याउमा लाग्ने रोगहरुको नियन्त्रण गर्ने उपाय के के हुन ?स्याउमा लाग्ने रोगहरुको...
08/07/2025

स्याउमा लाग्ने रोग र नियन्त्रणका उपाय:

१) स्याउमा लाग्ने रोगहरुको नियन्त्रण गर्ने उपाय के के हुन ?
स्याउमा लाग्ने रोगहरुको नियन्त्रण गर्न रोग थाहा भएको क्षेत्रमा स्याउको बिरुवा नलगाउने, रोग देखा परेका बिरुवाहरुलाई नष्ट गर्ने, बगैंचामा काम गर्दा सकभर बिरुवामा घाउ, चोट नलाग्ने गरि काम गर्ने, रोग नलागेको क्षेत्रमा मात्र नर्सरी तैयार गर्ने, बिरुवा लगाइएको ठांउमा पानी जम्न नदिने, बगैचा सफा राख्ने र मेन्कोजेब ७५ प्रतिशत डब्लु पि २ ग्राम प्रति लिटर पानीमा घोलेर कोपिलाको झुपाहरु हरियो बनेका अवस्थामा, फूल फुल्न अगाडी र फूलको पातहरु झरे पछी फलको चिचिल्लो अवस्थासम्म १० देखि ११ दिनको फरकमा छर्ने।

२) स्याउमा लाग्ने रोगहरु के के हुन ?
स्याउमा लाग्ने रोगहरु क्राउन गल, दाद, धुले ढुसीरखराने, गुलाबी रोग र बोक्रा खुईलिने मुख्य रोगहरु हुन .

३) स्याउमा लाग्ने किराहरु नियन्त्रण गर्न के गर्ने ?
स्याउमा लाग्ने किराहरु नियन्त्रण गर्न जाडो याममा कार्बोफयूरान बोटको उमेर अनुसार १० देखि ३० ग्राम प्रति बोटको हिसाबले फेदको वरिपरी माटो मुनि पर्ने गरि प्रयोग गरि सिचाई गरि दिने, किरा लागेको नर्सरी बोटहरुलाई इमिलाकोलपीट ०.५ मि.लि.प्रति लिटर पानीको मिश्रणले उपचार गर्ने र परजिबी किरा एफिलिनस मालीको चैत्र बैसाख तिर प्रयोग गर्ने.

४) स्याउमा लाग्ने किराहरु के के छन ?
स्याउमा लाग्ने किराहरु भूवादार लाही, गवारो, कतले किरा, पाल बनाउने लाभे्र र रातो सुलसुले मुख्य हुन ।

Nepal Machha Farm

महत्त्व नबुझ्दा खेर जाँदै एजोला: गाउँठाउँमा प्रशस्त पाइने नाइट्रोजनको स्रोत एक विशेष प्रकारको लेउ जस्तै देखिने एजोला प्र...
07/07/2025

महत्त्व नबुझ्दा खेर जाँदै एजोला:

गाउँठाउँमा प्रशस्त पाइने नाइट्रोजनको स्रोत एक विशेष प्रकारको लेउ जस्तै देखिने एजोला प्रयोग विधिबारे ज्ञान नहुँदा नेपाली किसानले वार्षिक करोडौँ रुपियाँ नोक्सानी बेहोरिरहेका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले एजोलालाई कृषकको साथी भनेर प्रमाणित गरिसके पनि यसको महत्वबारे किसान सुसूचित नहुँदा प्रयोग आम्दानीको राम्रो स्रोत गुम्न पुगेको हो । विज्ञका अनुसार उनिउँ प्रजातिमा पर्ने एजोलाको प्रयोग खेतीसँगै पशु आहारका रूपमा प्रयोग गर्न सकिन्छ ।

कृषि वन स्रोत केन्द्रका अनुसन्धानकर्ता किरण खरेलले एजोलामा प्रशस्त मात्रामा प्रोटिन, एमोनो एसिड, भिटामिन, वृद्धिवर्धक रसायन, मिनरल्स, क्याल्सियम, पोटासियम, कपर, फलाम हुने जानकारी दिनुभयो । उहाँका अनुसार अहिले धान खेतीमा प्रयोग भएको युरियाको मात्रा ४० प्रतिशत कम गराउन एजोलाको भूमिका हुन्छ ।

विश्व खाद्य संस्थाको अनुसन्धान अनुसार एजोला पिनाटा र एजोला फिलिकुलोइड्स नेपालका पोखरी र दबदबे जग्गामा धेरै पाइन्छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक विष्णुहरि अधिकारीले धान रोपाइँदेखि बाला लाग्ने समयसम्म दुई पटक एजोलाको प्रयोग गर्नाले धानको उत्पादनमा करिब ४० प्रतिशतले वृद्धि भएको तथ्य आफ्नो जर्नलमा प्रस्तुत गर्नुभएको छ ।

धान खेती अध्ययनकर्ता एवं कृषि प्रसार अधिकृत कृष्ण धितालले कोसेबालीले भन्दा एजोलाले करिब तीन गुणा बढी नाइट्रोजन फिक्सेसन गर्ने बताउनुभयो । उहाँका अनुसार एजोला लगाउन सजिलो हुने भएकाले यसको उपयोग कृषकले सहजै गर्न सके पनि यसको महत्व किसानसँग पुग्न सकेको छैन । उहाँले विशेषतः अर्गानिक खेतीमा लाग्नुभएका कृषि उद्यमीहरूका लागि यो नाइट्रोजनको दरिलो स्रोत बन्न सक्ने प्रस्ट पार्नुभयो ।

धानबारे विश्वभरि अनुसन्धान गर्ने संस्था इरीका अनुसार एजोलाले पानी र माटोबाट पोषण लिन्छ र त्यसमा हुने साइनोब्याक्टेरियालाई उपलब्ध गराउँछ । साइनोब्याक्टेरियाले बदलामा वायुमण्डलको नाइट्रोजन एजोलालाई उपलब्ध गराउँछ । उपयुक्त अवस्थामा एजोलाको वृद्धि एकदमै छिटो हुने गरेको छ । एजोलालाई खेतमा हालेपछि कुहिन्छ र नाइट्रोजन धानलाई उपलब्ध हुने गर्छ ।

कृषि प्रसार अधिकृत धितालले वायुमण्डलको नाइट्रोजन बिरुवाले लिन सक्ने अवस्थामा उपलब्ध गराउनु एजोलाको मुख्य विशेषता भएको बताउनुभयो । एकदमै छिटो बढ्ने र माटो नचाहिने हुँदा एजोलालाई विशिष्ट किसिमको बिरुवा भनिन्छ । एजोलाले अनाबिनालाई चाहिने अक्सिजनरहित वातावरण उपलब्ध गराउँछ । अनाबिनाले एजोलालाई चाहिने नाइट्रोजन उपलब्ध गराउँछ ।

उहाँले पशुको आहाराका रूपमा एलोजालाई प्रयोग गर्न सकिने र पोल्ट्रीको दानामा प्रयोग गर्न सकिने बताउनुभयो । उहाँका अनुसार गाईको गोबर र एजोला मिसाई गोबरग्यासमा प्रयोग गर्दा गाईको गोबर मात्रै प्रयोग गरेभन्दा १.४ गुणा बढी ग्यास उत्पादन हुन्छ । यसर्थ गोबरग्यास उत्पादनमा पनि एजोलालाई प्रयोग गर्न सकिन्छ । एजोलालाई जैविक इन्धन बनाउन पनि प्रयोग गर्न सकिन्छ ।

Nepal Machha Farm
#गाउँकोस्वाद

आँप खेती गर्ने सहि तरिका, छिटो पाक्ने प्रकारदेखि सिंचाई सम्मको विस्तृत जानकारी:-आँपलाई फलको राजा मानिन्छ । वैदिक शास्त्र...
01/07/2025

आँप खेती गर्ने सहि तरिका, छिटो पाक्ने प्रकारदेखि सिंचाई सम्मको विस्तृत जानकारी:-

आँपलाई फलको राजा मानिन्छ । वैदिक शास्त्रमा यो फललाई अमृत भनेर उल्लेख गरिएको छ । आयुर्वेदीय दृष्टिले पनि आँप महत्वपुर्ण फल हो । काँचो वा पाकेको दुवै प्रकारको आँपमा औषधीय गुण रहेको हुन्छ । आयुर्वेद विज्ञानका अनुसार पाँकेको आप स्वादिष्ट हुनुका साथै वीर्यवद्र्धक, वायुनाशक, कान्तिदायक, शीत्तल र पित्तनाशक हुन्छ ।

कस्तो स्थान र मौसममा आँप फल्छ ?
म्यांगीफेरा वर्गमा पर्ने आँप उष्ण हावापानी भएको स्थानमा हुर्कने फल हो । आँपको रुख उपयोगी, दीर्घजिवी र विशाल हुन्छ । आँप नेपालको मेचीदेखि महाकालीसम्मका तराई क्षेत्रदेखि पहाडी क्षेत्रको ३ हजार फिटसम्मको उचाईमा पाइन्छ । अनुकुल मौसम भएको खण्डमा आँपको रुख ५० देखि ६० फिटसम्म अग्लो हुन्छ ।

आँप उष्ण प्रदेशीय फल भएपनि समशितोष्ण हावापानीमा पनि यसको खेती गरिएको पाइन्छ । गरम, सुख्खा र बढि प्रकाश आउने स्थानमा आँपको खेती गर्नु उत्तम हुन्छ ।

आँप खेतीका लागि २४ देखि २७ डिग्री सेल्सियसको तापक्रम अनुकुल मानिन्छ तर ४८ डिग्री सेल्सियससम्मको तापक्रममा पनि यसको खेती गरिएको पाइन्छ ।

आँपलाई २५ देखि २५० सेन्टिमीटर वार्षिक वर्षा हुने स्थान उपयुक्त हुन्छ । आँपको विरुवा रोप्दा सामान्यतया १० देखि २० मीटरको फरकमा रोपिन्छ ।

माटोको पि.एच. मान ५.५ देखि ७.५ सम्मको हुनुपर्छ । क्षारीय र लवणयुक्त माटो आँपलाई राम्रो हुँदैन ।

आँपको विरुवा रोप्दा सामान्यतया १ बाई १ घनमीटरको खाल्डो खन्नु पर्छ । यसले गर्दा जमिनमा भएका सानातिना ढुंगा गेग्रान हटाउन र विरुवालाई बुरबुराउदो माटो त्यस स्थानमा राखिदिँदा आँपको कलिलो विरुवाका जराहरु फैलिन सहज हुन्छ ।

आँपलाई सिचाई कति जरुरी छ ?
आँपको रुखलाई सिंचाईको अत्यन्तै आवश्यकता हुन्छ । नयाँ विरुवा रोप्ने बित्तिकै एक दुई वर्षसम्म प्रत्येक सुख्खा मौसममा २ वा ३ दिनको फरकमा सिंचाई गरिरहनु पर्छ । विरुवाको उमेरसँगै सिचाई गर्ने अवधिलाई बढाउँदै लैजानु पर्छ ।

आँपलाई मलखादको महत्व
आँपलाई रुखको उमेर अनुसार खाद्यतत्वको मात्र फरक पर्दै जान्छ । आँप खेतीका लागि विज्ञहरुले एक वर्षे विरुवाका लागि ५ केजी कम्पोष्ट मल, १०० ग्राम नाइट्रोजन, ५० ग्राम फोस्फोरस, १०० ग्राम पोटास सिफारिस गरिएको हुन्छ । त्यस्तै त्यही आँपको रुखलाई १० वर्षपछि ५० केजी कम्पोष्ट मल, १ केजी नाइट्रोजन, ५०० ग्राम फोस्फोरस र १ केजी पोटास सिफारिस गरिएको हुन्छ ।

नेपाललाई उपयुक्त आँपका प्रकार
आँपका धेरै प्रकारको खेती नेपालमा हुन्छ । तर यी धेरै जातका आँपमध्ये पनि नेपालमा मालदह, दशहरी, बम्बै ग्रीन, बम्बै यल्लो, जर्दालु, अल्फान्सो, आम्रपाली लगायतका जातका आँपको खेती धेरै गरिन्छ ।

छिटो पाक्ने आँप
जात अनुसारका आँप पाक्ने समयावधि पनि फरक फरक हुन्छ । नेपालमा फल्ने आँपहरुमा बम्बै, जर्दालु, कृष्णभोग, अल्फान्सो जातका आँपहरु चाँडै पाक्छन् । यी आँपहरु जेठ महिनादेखि नै पाक्न थाल्छन् ।

आँप किन एक वर्ष बिराएर फल्छ ?
प्राय आँप एक वर्ष बिराएर मात्रै फल्ने गर्छ । आँप यसरी फल्नुमा जातीय गुण । हावापानी वा व्यवस्थापनको कारणले पनि हो । तर हाल विकसित गरिएका आम्रपाली, मल्लिका जस्ता केही आँपहरु वर्षैपिच्छे नै फल्छन् ।

आँप टिप्ने समय भएको कसरी थाहा पाउने ?
आँप टिप्ने समय भएको थाहा पाउन एकदमै सजिलो छ । फलेको आँपको आकारमा हुने परिवर्तनसँगै त्यसको रंगमा पनि परिवर्तन देखिन्छ । आँप परिपक्व भएपछि गाढा हरियो रंगबाट फिक्का हरियो रंगमा बदलिन्छ । आँपको रंग फिक्का हरियो भएपछि टिप्न फल उपयुक्त हुन्छ ।

आँप छिटो पकाउन के गर्ने ?
फिक्का हरियो रग भएको आँप न्यानो र प्रकाश नआउने स्थानमा राख्दा आफै पाक्छ । तर अलि चाँडो आँप पकाउनु पर्ने छ भने त्यसरी राखिएको आँपमा २५० पिपिएमको इथरेल छर्केर वा टोकरीको तल सुरक्षितरुपले कार्बाइड राखेर ५ देखि ७ घण्टा राख्दा आँप चाँडै पाक्छ ।

आँपको सत्रु किरा
आँपको सबैभन्दा ठूलो सत्रु कीरा फड्के अर्थात म्यांगो होपर हो । फूल फूल्ने बेला यो कीराले फूल नष्ट गर्ने जोखिम अत्याधिक हुन्छ । यो कीराको प्रकोपबाट आँपलाई जोगाउन फूल फूल्नु अघि र चिचिला लागिसकेपछि विज्ञको सल्लाह अनुसार मेटासिष्टक्स लगायतका विषादीको प्रयोग गर्नु पर्छ ।

#गाउँकोस्वाद

धान रोपौं, धर्ती सजाऔँ,सुनौलो बाली, भविष्य बनाऔँ। उत्पादन बढाऔं, आयात घटाऔं,आत्मनिर्भर नेपाल हामी बनाऔँ ।२२औं राष्ट्रिय ...
29/06/2025

धान रोपौं, धर्ती सजाऔँ,
सुनौलो बाली, भविष्य बनाऔँ।
उत्पादन बढाऔं, आयात घटाऔं,
आत्मनिर्भर नेपाल हामी बनाऔँ ।
२२औं राष्ट्रिय धान दिवस एवम् असार १५ दही चिउरा खाने दिनको Nepal Machha Farm तर्फबाट सबैमा शुभकामना व्यक्त गर्दछौ ।

#गाउँकोस्वाद

Best Ducks for EggsThe Khaki Campbell and Indian Runner are generally considered the best duck breeds for egg production...
28/06/2025

Best Ducks for Eggs

The Khaki Campbell and Indian Runner are generally considered the best duck breeds for egg production. Khaki Campbells are known for laying over 300 eggs per year, while Indian Runners are also prolific layers, producing up to 300 chicken-sized eggs annually. Other good choices for egg production include Welsh Harlequins, Magpies, and hybrid breeds like Golden 300s.

Detailed Explanation:

✅Khaki Campbell:
This breed is renowned for its high egg yield, often exceeding 300 eggs per year. They are also relatively slender and active, making them good foragers and potentially more resilient than some heavier breeds.

✅Indian Runner:
Also a top egg layer, Indian Runners are known for laying a large number of eggs, comparable to Khaki Campbells. They are also excellent at pest control, particularly for slugs and snails, making them a valuable addition to gardens.

✅Welsh Harlequin:
This breed is another strong contender, producing over 300 white eggs per year. They are a lightweight breed, and while critically endangered, they are excellent egg layers.

✅Magpie:
Magpie ducks, available in black and white or blue and white, can lay around 290 eggs per year. They are also a lightweight breed.

✅Golden 300 Hybrid:
This breed is known for laying large eggs and is considered beginner-friendly.

Factors to consider when choosing a breed:

✅Egg Production:
Consider how many eggs you need and which breed best fits your needs.

✅Size and Temperament:
Some breeds are larger and more prone to leg or foot problems, while others are smaller and more active.

✅Broodiness:
If you want ducks to hatch their own eggs, some breeds are more likely to go broody than others.

✅Other Considerations:
Some breeds are better for pest control, while others are better for meat production.

Follow us for more

#गाउँकोस्वाद

पशुहरुलाई खुवाउने साइलेज के हो ? साइलेज बनाउने र ख्वाउने कसरी ? वर्षायाममा वा अन्य समयमा बढी घाँस उत्पादन भएको बेलामा गा...
25/06/2025

पशुहरुलाई खुवाउने साइलेज के हो ? साइलेज बनाउने र ख्वाउने कसरी ?

वर्षायाममा वा अन्य समयमा बढी घाँस उत्पादन भएको बेलामा गाईवस्तुलाई खुवाई बाँकी रहेको घाँसलाई कुनै हावा नछिर्ने भाँडो वा खाडल वा जमिनको माथि वा थैलामा गुन्द्रुक झै हावा नछिर्ने गरी खाँदेर कम्तिमा पनि १ महिनासम्म राखेर घाँसपातको कमि भएको वेलामा पशुवस्तुलाई खुवाउन तयार भएको खुराकलाई साइलेज भनिन्छ ।

साइलेज बनाउने तरिका
घाँस छनौट : यसको लागि प्रशस्त मात्रामा कार्वोहाइड्रेड र पानी भएको घाँसेवाली जस्तै मकै, ज्वार, वाजरा, सुडान, नेपियर, सेटेरिया, रोड्स, दिनानाथ, उखुको टुप्पो इत्यादि अर्थात एक दलिय घाँसेवाली जसको डाँठ अलि मोटो र कडा खालको हुन्छ, त्यसलाई गेडामा दूध पस्ने बेलामा काट्नु पर्छ । ठूलो डाँठ भएका र गुलियो पदार्थ बढी भएको घाँस साइलेजका लागि अति राम्रो हुन्छन् ।
यसलाई ३०–४० प्रतिशत सुख्खा पदार्थ रहने गरी ओइल्याउनु पर्छ । सिंगै विरुवालाई खाँद्नु असजिलो हुने भएकोले २—२.५ इन्चसम्मको मसिनो टुक्रा बनाउनु पर्छ ।

अलि उँचो, भिरालो र पानी नजम्ने ठाउँमा खाडल खन्ने ।
साइलेज बनाउन टुक्रा पारिएको घाँसहरुलाई खाडलमा वा प्लाष्टिकको झोेलामा वा हावा नछिर्ने भकारीमा वा जमिन माथि राखेर बेस्करी खाँदेर राख्नु पर्छ । खाडल वा जमिन माथि बनाउने साइलेजलाई प्लाष्टिकले हावा नछिर्ने गरी छोपेर माथिबाट ३–४ इञ्च बाक्लो माटोले पुरेर छोपिदिनु पर्छ । केही पदार्थ मिसाउनु परेमा खाँद्नु भन्दा पहिले राम्रोसँग मिसाउनु पर्छ ।
साइलेज वनाएको ४५ दिन पछि पशुलाई ख्वाउन ठीक हुन्छ । यस्तो साईलेजलाई १२ देखि १८ महिनासम्म उपयोगमा ल्याउन सकिन्छ ।

साइलेजको फाइदा
– सुख्खा याम अथवा घाँसपातको कमि भएको बेलामा खुवाउन सकिन्छ ।
– हे का लागि उपयुक्त नभएको घाँसपातबाट पनि साइलेज बनाउन सकिन्छ ।
– झारपात पनि साइलेज बनाउन प्रयोग गर्न सकिन्छ तर यो स्वादिलो र राम्ररी पच्ने खालको हुनुपर्छ ।
– लामो समयसम्म (एक वर्षसम्म) संरक्षण गरेर राख्न सकिन्छ ।

साइलेज बनाउनका लागि प्रयोग गर्न सकिने घाँसेवालीहरु
बढी कार्वोहाइड्रेड भएका घाँसहरु जस्तैः मकै, ज्वार, वाजरा, सुडान, नेपियर, सेटेरिया, रोड्स, दिनानाथ, उखुको टुप्पो इत्यादि, अर्थात एक दलिय घाँसेवाली प्रयोग गर्न सकिन्छ । ठूलो डाँठ भएका र गुलियो पदार्थ बढी भएको घाँस साइलेजका लागि अति राम्रो हुन्छन् ।

साइलेजमा मिसाउन सकिने पदार्थहरु
– साइलेजमा प्रोटिनको मात्रा बढाउनका लागि कोसेवाली घाँस मिसाउन सकिन्छ ।
– जिवाणुलाई सक्रिय बनाउन अर्गानिक रसायन (Acetic acid, Citric acid, Benzoic acid, Formic acid Lactic acid, Propaonic acid, Formaldehyde, Ethylalcohol O{Toflb_ / In organic /;fog (Calcium carbonate, Magnesium carbonate, Ammonium sulphate, Sodium sulphate, Zinc sulphate, Sodium chloride, Sodium nitrite इत्यादि) अथवा दानामा प्रयोग हुने पदार्थहरु (ब्रान, मकैको टुक्रा, स्टार्च, खुँदो, मोही इष्ट इत्यादि) मिसाउन सकिन्छ ।

असल साइलेजको गुणहरु
– सुनौलो पहेंलो वा खैरो रंगको हुनुपर्छ ।
– पशुवस्तुले मन पराउने अमिलो वास्ना हुनुपर्छ ।
– घाँसमा पाइने पौष्टिकतत्वहरु सुरक्षित हुनुपर्छ ।
– पि.एच. ३.५–४.५ सम्म हुनुपर्छ ।
– सुख्खातत्व ३०–४० प्रतिशत हुनुपर्छ ।
– फोहर, ढुसी लागेको हुँनुहुँदैन ।

साइलेज खुवाउँदा ध्यान दिनु पर्ने कुराहरु
शुरुमा थोरै थोरै मात्रामा दाना मिसाई खुवाउनुपर्छ । बानी परेपछि ८–१० के.जी. सम्म प्रति पशु प्रति दिन खुवाउनु सकिन्छ । युरिया वा अन्य पदार्थ मिसाइएको साइलेजलाई आधा घण्टा जछि छहारीमा फिँजाएर मात्र खुवाउनुपर्छ । यसो गर्नाले एमोनिया उडेर जान्छ । । नराम्रो वास्ना भएको साइलेजमा मोलासेस (खुँदो) मिसाई खुवाउनु पर्छ । दूध दुहिसकेपछि मात्र साइलेज खुवाउनुपर्छ, अन्यथा दूधमा साइलेजको वास्ना मिसिन जान्छ र दूध गन्हाउँछ । प्रत्येक पटक साइलेज झिकिसकेपछि साइलेज झिकेको ठाउँलाई हावा नछिर्ने गरी छोपी बन्द गर्नुपर्छ ।

वालीको उपपदार्थको संरक्षण
हिमाली क्षेत्रमा खेतीयोग्य जमिन सीमित मात्रामा भएपनि बर्षायाममा लगाइएको अन्न वाली एवं यसको उप—पदार्थहरु जस्तै, पराल, गहुंको भुसा, कोदोको नल, गहुँको नल, मकैको ढोड,मकैको खोसेला, बोडी, भटमास आदिको कुनौरोलाई राम्रोसँग भण्डारण र संरक्षण गर्न सके हिउँदको समयमा आहरा आपुर्ति गर्न सकिन्छ ।

स्रोतः राष्ट्रिय कृषि प्रविधि सुचना केन्द्र, नार्क
Krishi Press- कृषि प्रेस

किन पाउँदैनन् किसानले मूल्य?पाँच रूपैयाँमा बेच्न मनले मानेन’ शीर्षकमा दाङ घोराही उपमहानगरपालिका १७ का किसान बाबुराम चौधर...
23/06/2025

किन पाउँदैनन् किसानले मूल्य?

पाँच रूपैयाँमा बेच्न मनले मानेन’ शीर्षकमा दाङ घोराही उपमहानगरपालिका १७ का किसान बाबुराम चौधरीले एक बिघा जमिनमा लगाएको बन्दागोभीको मूल्य प्रतिकिलो पाँच रूपैयाँ मात्र भएकाले मारमा परेको कुरा प्रकाशित भएको पाएँ । नेपालमा तराईका २१ जिल्लामा करिब २२ हजार हेक्टर क्षेत्रफलमा काउली बन्दागोभी लगाउने ९०,००० भन्दा बढी किसानहरूको प्रतिनिधित्व गर्ने बाबुराम प्रतिनिधि पात्र हुन्।

किसानको औसत उत्पादन लागत हेर्ने हो भने बन्दागोभी उत्पादन लागत ८–१२ रूपैयाँ प्रतिकेजी र काउलीको उत्पादन लागत १२–१८ रूपैयाँ प्रतिकेजी पर्न जान्छ। यो समयमा बन्दगोभी बिक्री गर्ने किसानलाई लागत मूल्यभन्दा कम मूल्यमा बेच्नुपर्ने बाध्यता छ ।

किसानले आफ्नो उत्पादनले उचित मूल्य नपाउनुका धेरै कारण छन्, जसमध्ये उत्पादन लागत बढी हुनु, तरकारी मूल्य शृंखलामा धेरै बिचौलियाहरूको संलग्नता रहनु, किसानहरू संगठित नहुनु, बजारको मागअनुसार उत्पादन नहुनु र कृषिबजार पूर्वाधारको विकास÷विस्तार नहुनु प्रमुख कारण हुन्। यसमध्ये सबैभन्दा मुख्य कारण बजारको मागअनुसार कृषि उत्पादन हुन नसक्नु नै हो। जब बजारको आवश्यकता (माग) भन्दा वस्तु तथा सेवाको आपूर्ति (उत्पादन) बढी हुन्छ तब मूल्य कम हुँदै जान्छ।

कालीमाटी फलफूल तथा तरकारी होलसेल बजारमा बन्दागोभी (लोकल) को विगत १० वर्ष यताको (२०७० वैशाखदेखि २०८० जेष्ठसम्म) को मूल्य प्रवृत्ति देखाइएको छ। यसबाट के प्रस्ट हुन्छ भने बन्दागोभीको मूल्यमा मौसमअनुसार उतारचढाव आउँछ। बन्दागोभी बढीमा २०६ रूपैयाँ प्रतिकिलो (असोज २१, २०७९) र सबैभन्दा कम ९ रूपैयाँ प्रतिकिलो (फागुन १५,२०७१) मा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कले देखाउँछ ।

तरकारीको मूल्य मौसमअनुसार घटबढ भइरहन्छ । कुनै निश्चित समयमा उच्च र कुनै समयमा न्यून रहन्छ। बन्दागोभीको हकमा हेर्दा फागुनदेखि जेठसम्म न्यूनतम (औसतमा १० रूपैयाँ प्रतिकिलो) र असारदेखि कात्तिकसम्म उच्चतम (औसतमा ५० रूपैयाँ प्रतिकिलोभन्दा माथि) हुने गरेको तथ्यांकले देखाउँछ।

तरकारी मूल्यमा उतारचढाव:
नेपालमा तरकारीको मूल्य छिमेकी मुलुक भारतको तरकारी बजारले निर्धारण गरेको हुन्छ। भारतमा धेरै तरकारी उत्पादन हुँदा नेपालमा मूल्य घट्छ। नेपालमा खपत हुने तरकारीमध्ये झन्डै ७५ प्रतिशत भारत तथा अन्य मुलुकबाट आयात हुने गर्छ। नेपालको तराई क्षेत्रमा काउली÷बन्दागोभी उत्पादन गर्न उपयुक्त समय हिउँद (बाली लगाउने समय ः कात्तिक–पुस, उत्पादन लिने समय: माघ–वैशाख) हो भने भारतमा प्रायः जसो हिउँदमै काउली÷बन्दागोभी बढी उत्पादन हुने गर्छ। जसको प्रत्यक्ष प्रभाव नेपाली तरकारी बजारमा पर्छ, यसले हिउँदमा तराईमा लगाइने काउली÷बन्दागोभीको मूल्य सधैं न्यून रहन्छ । नेपालमा तरकारीको मूल्य छिमेकी मुलुक भारतको तरकारी बजारले निर्धारण गरेको हुन्छ ।

एकपटक भारत (दिल्ली) अजादपुर तरकारी होलसेल बजारको पनि बन्दगोभीको मूल्य प्रवृत्ति हेरौं:

विगत २० वर्ष (सन् २००४ देखि सन् २०२३ सम्म) मा तरकारीको औसत मासिक मूल्य विश्लेषण गर्दा बन्दागोभीको मूल्य चैत्र–जेठ महिनामा न्यूनतम (६ रूपैयाँ प्रतिकेजी) र साउन–कात्तिक महिनामा अधिकतम (२० रूपैयाँ प्रतिकेजी) मा कारोबार भएको देखिन्छ। नेपाली (काठमाडौं) बजारमा बन्दगोभीको मूल्य प्रवृत्ति भारत (दिल्ली) को मूल्य प्रवृत्तिसँग प्रत्यक्ष मेल खान्छ। जुन कुरा काउली बन्दागोभी मात्र नभई सबै किसिमका तरकारीको हकमा लागु हुन्छ। तसर्थ यसबाट के कुरा प्रस्ट हुन्छ भने नेपाली तरकारी बजारको मूल्य भारतको तरकारी बजार मूल्यले तय गर्छ।

कृषि मन्त्रालय, भारत सरकार:
हिउँदमा भारतमा बन्दा काउलीको उत्पादन धेरै हुनाले मूल्य कम हुन्छ भने वर्षा मौसम धेरै गर्मी हुने तथा अत्यधिक पानी पर्ने भएकोले बन्दा काउली उत्पादनका लागि उपयुक्त मौसम मानिँदैन। यस समयमा केही पहाडी राज्य जस्तै: उत्तराखण्ड, जम्मु कास्मिर, हिमाञ्चल, पश्चिम बंगाल, असम, हरियाणा, सिक्किम, अरूणाञ्चल, मेघालयलगायतका प्रदेशमा मात्र बन्दा काउली उत्पादन हुने गर्छ र त्यहाँको मात्र उत्पादनले बजार माग पूरा नहुने हुँदा मूल्य उच्च हुन्छ । जसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पर्छ।

नेपाली किसानले कसरी लाभ लिने?

भारतमा माग बढी हुने तर उत्पादन सीमित मात्रामा हुने समयलाई हामीले अवसरका रूपमा लिन सकिन्छ किनभने उक्त समयमा नेपालका पहाडी भेगका प्रायः सबै २१ वटै जिल्लामा तरकारी खेती गर्न सकिने जलावायु छ र भारतमा कम उत्पादन हुने समयमा यहाँ प्रशस्त तरकारी उत्पादन गर्न सकिन्छ। यसरी तुलनात्मक लाभको यस क्षेत्रलाई पहिचान गरी सदुपयोग गर्न सकियो भने पक्कै पनि भारतीय कृषि उपजसँग प्रतिस्पर्धा गर्न सकिन्छ।नेपालको पहाडी जिल्लामा असारदेखि कात्तिकसम्म बन्दा काउलीजस्ता तरकारी उत्पादन गर्नउपयुक्त मानिन्छ।

भारतमा माग बढी हुने तर उत्पादन सीमित मात्रामा हुने समयलाई हामीले अवसरका रूपमा लिन सकिन्छ किनभने उक्त समयमा नेपालका पहाडी भेगका प्रायः सबै २१ वटै जिल्लामा तरकारी खेती गर्न सकिने जलावायु छ र भारतमा कम उत्पादन हुने समयमा यहाँ प्रशस्त तरकारी उत्पादन गर्न सकिन्छ।

वैशाखदेखि असारसम्म बेर्ना लगाउने हो भने भदौदेखि कार्तिकसम्म उत्पादन लिन सकिन्छ र बजारमा राम्रो मूल्य पाउन सकिन्छ। यस समयमा बन्दा काउलीको लागि उपयुक्त तापक्रम र वर्षा हुने हुँदा सिँचाइको पनि समस्या हुँदैन र प्रशस्त उत्पादन गरी राम्रो मूल्यमा बिक्री गर्न सकिन्छ। नेपाली र भारतीय बजारमा काउली बन्दाको मूल्य सबैभन्दा बढी हुने समय पनि यही हो। तसर्थ यो समयमा तरकारी उत्पादन गर्न सके बजारको समस्या नहुने र किसानले उचित मूल्य पाउँछन्। बजारमा माग धेरै हुने हुनाले यो समयमा किसानकै बारीमा गएर व्यापारीले तरकारी संकलन गर्छन्।

यो समयमा भारतमा उत्पादन कम हुने हँुदा तरकरीको मूल्य उच्च रहन्छ र नेपालमा प्रशस्त उत्पादन गर्न सकेमा सजिलै हामीले भारतीय बजारमा हाम्रो उत्पादनलाई निर्यात गर्न सकिन्छ। नेपालका केही जिल्ला (धनकुटा, इलाम, सल्यान, डडेल्धुरा)बाट वर्षायाममा तरकारी भारत निर्यात हुने गरेको छ।

दाङका बाबुराम चौधरीलगायत तराईका किसानहरूले भने काउली/बन्दा मंसिर/पुससम्म उत्पादन गर्न सक्ने हो भने राम्रो मूल्य पाउने देखिन्छ। त्यसपछि तुरुन्त लहरे जातका तरकारी बाली जस्तै (लौका, करेला, घिरौला, काक्रा, फर्सी) लगाउन सक्छन्। लहरे जातका तरकारीको मूल्य फागुनदेखि चैत्र १५ सम्म उच्च (१०० रूपैयाँ प्रतिकिलोभन्दा माथि ), चैत्र १५ देखि वैशाख १५ सम्म मध्यम (६०–१०० रूपैयाँ प्रतिकिलो) र त्यसपछि भने ५० रूपैयाँ हुँदै ओरालो लाग्छ ।

दाङका बाबुराम चौधरीलगायत तराईका किसानहरूले भने काउली/बन्दा मंसिर/पुससम्म उत्पादन गर्न सक्ने हो भने राम्रो मूल्य पाउने देखिन्छ ।

यसर्थ समस्या मात्र होइन, हामीले सम्भावनालाई पहिचान गर्न सक्नुपर्छ। एकै मौसममा हिमाल, पहाड र तराईमा फरक फरक तरकारी उत्पादन गरी देशको माग पूरा गर्ने मात्र होइन, अन्य देशमा उत्पादन हुन नसक्ने समयमा पनि तरकारी उत्पादन गरी निर्यात गर्नसक्ने अवसर छ र यसलाई हामीले सदुपयोग गर्नुपर्छ।

तस्वीर धनुकुटा सिधुवाका किसानले आफ्नो उत्पादन बिक्रीवितरण नभएपछि बारीमा जोत्ने तयारी गर्दैको तस्वीर हुन ।

गणेशकुमार ढकाल- लेखक कृषिविज्ञका रूपमा जर्मनीमा कार्यरत छन।

Source Krishi Press- कृषि प्रेस

#गाउँकोस्वाद

नेपालमै काजु खेती गर्न सकिन्छ, चितवनमा सुरु भयो व्यावसायिक काजु खेति: यो आँप जस्तै एनाकार्डिएसि (Anacardiaceae) परिवार अ...
22/06/2025

नेपालमै काजु खेती गर्न सकिन्छ, चितवनमा सुरु भयो व्यावसायिक काजु खेति:

यो आँप जस्तै एनाकार्डिएसि (Anacardiaceae) परिवार अन्तरगत पर्ने विरुवा हो । यस्को वैज्ञानिक नाम एनाकार्डिएम अक्सिडेन्टल (Anacardium occidentale L.) हो । यस्को फलको आकार मुटुको उल्टो आकारसंग मिल्दो भएकोले यसलाई उल्टो मुटो जस्तो फल भनिएको हो । यस्को विरुवा सदावहार प्रकृतिको १०—१२ मिटर सम्म अग्लो हुन्छ । पातहरु ४—२२ सेन्टिमिटर लामो र २— १९ सेन्टिमिटर चौडा यसो हेर्दा चिउरीको पात जस्तो देखिन्छ । यस्को फेदले खास कुनै निश्चित आकार लिएको हुदैन ।संसारको सवैभन्दा ठुलो एउटा काजुको वोटले ७५०० वर्ग मिटर क्षेत्र ओगटेको कुरा काजु वर्णनमा पाइन्छ । यस्को फल यसो हेर्दा अण्डाकार वा नास्पति आकारको हुन्छ । फल पाक्दा पहेलो वा कलेजी रं’गको ५—११ से.मि. लामो हुन्छ । पाकेको फलको स्वाद गुलियो हुन्छ । फल भित्रको वीउफल अथवा गुदि फल मिर्गौला अथवा वक्सिड। को ग्लोव आकारको हुन्छ । दक्षिण अमेरिकाको आद्रतायुक्त उष्ण प्रदेशिय क्षेत्र (खास गरी व्राजिल) यसको उत्तपत्ति स्थान मानिन्छ र यो फल त्यस क्षेत्रको रैथाने प्रजाति हो । हाल आएर संसारका धेरै देशहरुको उष्ण प्रदेशिय हावापानीयुक्त क्षेत्रमा व्यवसायिक खेतिको रुपमा र वैदेशिक मुद्रा आर्जनको प्रमख श्रोतजन्य कृषि वालिको रुपमा विश्व वजारको ठुलो हिस्सा ओगटेको फलफूल मानिन्छ ।विश्वमा सन् २०१० को काजुको उत्पादन तथ्यांकलाई हेर्दा नाईजेरिया ६,५०,००० मे.टन (१.९७ मे.टन प्रति हेक्ट), भारत ६,१३,००० मे.टन (०.६६मे.टन प्रति हेक्टर), भियतनाम २,८९,८४२ मे.टन.(०.८५ मे.टन प्रति हेक्टर), व्राजिल १,०४,३४२ मे.टन (०.१४ मे.टन प्रति हेक्टर) उत्पादन भएको देखिन्छ ।सन् २०१० को विश्व बजारलाई हेर्दा नाइजेरिया प्रमख उत्पादक राष्ट्रको रुपमा लिन सकिन्छ । प्रति इकाइ उत्पादनको हिसावले पेरुमा विश्वको सवैभन्दा वढि काजु (सन्२०१०) ५.२७ मे.टन प्रति हेक्टर उत्पादन भएको देखिन्छ । काजुको स्थानिय जातहरु १४ मिटर सम्म अग्लो हुने ३ वर्ष पछि मात्र फल्न सुरु गर्छ भने नयाँ विकास गरिएका प्रजातिका विरुवा भने ६ मिटर अग्लो र पहिलो वर्षवाट नै फल्न सुरु गर्दछन्। काजुको स्थानिय जातको उत्पादन ०.२५ मे.टन प्रति हेक्टर छ भने उन्नत जातको उत्पादन १ मेट्रिक टन प्रति हेक्टर हुने गर्दछ ।

नेपालमा काजु खेतिको संभावना: नेपालमा काजुखेतिको संभावनालाई हेर्दा तराइको उष्ण प्रदेशिय क्षेत्र खासगरी पूर्व देखि पश्चिम तराइको मैदानी भागमा यसकाे खेति गर्न सकिने संभावना देखिन्छ । काजु खेतिको लागि उपयुक्त हावापानी : यो उष्ण प्रदेशिय क्षेत्रमा मात्र हुने फलफुल विरुवा हो । तुषारो पर्ने क्षेत्रमा यस्को खेति गर्न सकिदैन । समुन्द्र आसपासको तटिय क्षेत्र तथा सो सरहको हावापानी पाइने क्षेत्र, सापेक्षिक आद्रतायुक्त उष्ण ( Tropical and sub tropical zone) युक्त समन्द्र सतहवाट ७०० मिटर उचाइ सम्मको वार्षिक वर्षा ६०० मि.मि.हने क्षेत्रमा गर्न सकिन्छ ।

यो गर्मि हावापानी, वढि सूर्यको प्रकाश (Sun loving plant) मन पराउने विरुवा भएकोले छाँयादार ठाँउमा यस्को विरुवा सप्रन सक्दैन । यस्को फलको वृद्धि विकासको लागि लामो समय सम्म २० डिग्री सेल्सियस भन्दा न्युन र ४२ डिग्री सेल्सियस भन्दा माथिको तापक्रम हुनुउपयुक्त मानिदैन र फल झर्ने समस्या आउन सक्दछ । अत्यधिक वर्षा तथा लामो समय सम्म वादली आकाश भइ रहनाले काजुको फल उत्पादनमा प्रतिकुल असर पर्दछ ।

माटो : यस्को जराहरु लामोभई टाढा टाढा सम्म फैलिने हुदा खाद्य तत्व संकलनमा सहयोग पुग्दछ । तसर्थ काजुको विरुवा अन्य वाली लगाउन नसकिने वा नसप्रिने खालको रुखो जमिनमा (wast land of low fertility) मा पनि गर्न सकिन्छ । वलौटे दोमट रातो माटो, नदि ताल तलैयावाट निर्मित अल्का बलौटे दोमट माटो काजुविरुवाको बृद्धि विकासको लागि उपयुक्त मानिन्छ ।

माटोमा वढि चिस्यान भइ रहने अवस्था तथा वर्षादमा पानीको राम्रो निकास नभइ पानी जम्ने प्रकृतिको जमिनमा काजुखेति गर्न सकिदैन । त्यसैगरी तराइको सिंचाइ सुविधा नभएको सिराहा, सप्तरी, धनुषा, सुनसरी, उदयपुरका समथर फाँटहरु तथा सामुदायिक वन क्षेत्रहरुमा यस्को खेति विस्तार गर्न सकिएमा सिमान्तकृत जनताको आयआर्जनको उपयुक्त विकल्प हुने संभावना देखिन्छ ।

उपयोग : यो सुखा फलफुलमा सवैभन्दा स्वादिष्ट एवं पौष्टिक फलफुल मानिन्छ । यस्को ताजा फलमा ५.९ प्रतिशत चिस्यान, प्रोटिन २१.२ ५ , चिल्लो पदार्थ ४६.९, कार्वोहाड्रेड २२.३, फसफोरस ०.४५ प्रतिशत, क्याल्सियम ०.०५ प्रतिशत, फलाम ५ मिलिग्राम तथा खनिज र अन्य पौष्टिक तत्व जस्तो अमिनो ए’सिडहरु २.४ प्रतिशत पाइन्छ ।

काजुको फलमा सुन्तला फलफुलमा भन्दा ५ गुणा वढि भिटामिन “सि” पाइन्छ । त्यसैगरी काजु फलको उपयोग विभिन्न प्रकारको मिठाइ, स्न्याक्स(क्लबअपक) खाद्य सामग्री (केक, पाउरोटी), पेय पदार्थ ‘जुस, अल्कोहल’, अचार, चटनी आदि बनाउन उपयोग गरिन्छ ।जातहरु : भारतमा खेति गरिने प्रमुख जातहरुमा निम्न जातहरुको व्यवसायिक खेति हुने गरेको पाइन्छ । भेन्गुर्ला —१, भेन्गुर्ला —२, भेन्गुर्ला —३, भेन्गुर्ला —४, भेन्गुर्ला —५ आदी रहेका छन् ।

विरुवा रोपण : काजुको वगैचा स्थापना गर्नको लागि जग्गाको छनौट गरी सकेपछि जमिनको लेआउट गरेर विरुवाको दुरी ८ -७ मिटर हुनेगरी काठको किलो गाड्दै जानुपर्दछ । विरुवा लगाउनुभन्दा ६ महिना अगाडि नै १ मिटर गहिराइ १ मिटर चौडाइ र १ मिटर लम्वाई भएको खा’डल ख’न्नु पर्दछ । खाड’ल ख’न्दा प्लान्टिड वोर्डको सहायता लिएर खन्नुउपयुक्त हुन्छ । खा’डल ख’न्दा निस्केको १ फिट सतहको माटो वेग्लै र त्यो भन्दा गहिराइको वाकि माटो वेग्लै थुप्रोमा राख्नुपर्दछ । माथिल्लो १ फिट सतहको माटोमा २५—३० किलोग्राम पं्रागारिक मल, ५० ग्राम डर्सभान वि’षादि मोलेर सतह भन्दा १ फिट अग्लो हुनेगरी खाल्डो पुर्नु पर्दछ ।मनसुन सुरु भए पछि मात्र काजुको विरुवा रोप्ने कार्य गर्नु‘ पर्दछ । विरुवा नर्सरीवाट निकाल्दा माटोको डल्लो सहित जरा नखल्वलाइ निकाल्नु पर्दछ र त्यस माटोको डल्लोलाई राम्ररी सम्हाली राख्नु पर्दछ । माटोको डल्लो फुटेमा मसिना जराहरु च्ुडिने हुदा वरुवा मर्ने संभावना हुन्छ । विरुवा लगाउदा प्लाटिड।वोर्डको सहायताले खा’डलको विचमा पर्ने गरी लगाउनुपर्दछ । ग्राफटिड। गरेको जोर्नि जमिन माथि रहने गरी विरुवा लगाउनु पर्दछ ।विरुवा लगाउदा सकभर बादल लागेको दिन वा दिनको ३ वजे पछिको समयवाट सुरु गर्नु पर्दछ । विरुवा लगाइ सकेपछि तुरुन्तै हल्का सिंचाइ दिनु पर्दछ र माथिवाट सु’केको खर वा पराल वा कालो प्लाष्टिको छापो दिनु पर्दछ । छापोले माटोको चिस्यान जोगाइ राख्नुको साथै झारपात पलाउनवाट रोक्दछ ।

मलखाद्य : काजु विरुवा कम उर्वर माटोमा पनि हुर्कन बढन सक्ने भएता पनि मलखाद्यको प्रभाव भने तुरुन्तै देखिन सुरु गर्दछ । मलखाद्यको प्रयोगले गर्दा विरुवा छिटो बढ्ने, फल चाडो लाग्ने, चाडो तयार हुनुको साथै उत्पादनमा पनि वृद्धि हुन जान्छ ।
वोटको वरीपरी गोडमेल गरी झारपात हटाई का’ण्डको २ मिटर परिधिमा २५—३० से.मि.गहिरो र चाक्लो कुलेसो वनाइ त्यसमा माटो र २५—३० के.जी. प्रांगारिक मल मिलाउनु पर्दछ । काजु वोटमा मल दिदा मनसुन सुरु हुनु भन्दा अगाडि वैशाख—जेष्ठमा र मनसुन समाप्तीसंगै भाद्र—आश्विनमा दिनु उपयुक्त हुन्छ ।

सिंचाइ तथा गोडमेल व्यवस्था : काजुको विरुवालाई सुरुको अवस्थामा २ वर्षको उमेर सम्म सु’ख्खा मौसममा ७ दिनको फरकमा हल्का सिंचाइ दिनु पर्दछ । ३—४ वर्षको उमेर पछि यस्को जरा जमिनमा तल सम्म जाने हुदा सिंचाइ नभएमा पनि खास न’राम्रो अस’र पर्दैन । तर विरुवामा फुल फुल्ने तथा दाना लाग्ने अवस्थामा सिंचाइ गर्नाले फल झर्ने सम’स्या कम भएर जान्छ । वगैचामा कोशेवालीहरु अन्तरवालीको रुपमा लगाउनाले माटो हल्का हुनुको साथै माटो मलिलो पनि बन्दछ । वर्षादको सुरु र अन्तमा मल दिनु भन्दा अगाडि वगैचामा गोडमेल गरी झारपात हटाइ वगैचा सफा सुघर बनाउनु पर्दछ । काजु विरुवा वढेर छाँयादार हुन थालेपछि भने अन्तर वाली लिन सकिदैन ।

वाली उत्पादन तथा व्यवस्थापन कार्य : काजुको विरुवा रापेको ३—४ वर्ष पछि मात्र उत्पादन दिन सुरु गर्दछ । विरुवा (मंसिर पौष) मा फुल्न सुरु गर्दछ । त्यसपछि ५०—५५ दिनमा टिप्नको लागि तयार हुन्छ । सु’ख्खा फलको टिप्ने कार्य तथा संकलन कार्य १०—१२ हप्ता सम्म गर्न सकिन्छ । काजुको फल टिप्ने कार्य माघ, फागुन महिनावाट सुरु भइ जेष्ठ सम्म टिप्न सकिन्छ ।

फललाई २—३ दिन सम्म घाममा सुकाएर सु’ख्खा बनाएर ओभानो ठाउमा थन्काउनु पर्दछ । काजुको उत्पादन सरदर प्रतिवोट ८—१५ के.जी.सम्म हुने गर्दछ । उन्नत जात जस्तो भेन्गुलर ३, भेन्गुलर ४, भेन्गुलर ५ को उत्पादन क्रमशः २० के.जी., २७ के.जी., र ३१ के.जी. सम्म हुने गरेको तथ्यांकवाट देखिन्छ।

तस्बिरमा चितवनका उधमी बिरेन्द्र लामा तामाङले गर्नुभएको व्यावसायिक काजु खेतिको तस्बिर देखाइएको छ। उहाँले लगाएको केहि बर्षमा सफलतापुर्वक काजु उत्पादन गर्नुभएको छ।

स्रोत: इन्टरनेट र विभिन्न बुकहरु अध्ययन गरी तयार पारिएको हो ।
Source: Krishi Press- कृषि प्रेस

#गाउँकोस्वाद

Address

Lumbini

Telephone

+9779857021885

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Machha Farm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Machha Farm:

Share

Category