10/08/2026
अन्नपूर्णा मुहिमअन्तर्गत काठमाडौंमा दुई परिवारलाई राहत वितरण
काठमाडौं। सन्त रामपालजी महाराजको पावन आदेशअनुसार सञ्चालन भइरहेको अन्नपूर्णा मुहिमअन्तर्गत काठमाडौं उपत्यकाका दुई विपन्न परिवारलाई हालै राहत सामग्री वितरण गरिएको छ। आर्थिक कठिनाइका कारण दैनिक जीवनयापनमा समस्या झेलिरहेका परिवारलाई खाद्यान्न तथा आवश्यक सामग्री उपलब्ध गराई निरन्तर सहयोग पुर्याउने उद्देश्यले यो वितरण गरिएको हो।
अभियानअन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. १९, मरुहिटी चोक, बसन्तपुर निवासी राजकुमार श्रेष्ठलाई दोस्रो किस्ताको राहत सहयोग प्रदान गरिएको छ। त्यसैगरी गोकर्णेश्वर नगरपालिका वडा नं. ७, माकलबारी, काठमाडौं निवासी सावित्रा श्रेष्ठ न्यौपानेलाई तेस्रो किस्ताको राहत सामग्री उपलब्ध गराइएको छ। दुवै परिवार बागमती प्रदेशअन्तर्गत काठमाडौंमा बसोबास गर्दै आएका छन् र यसअघि पनि उहाँहरूले अन्नपूर्णा मुहिमबाट राहत प्राप्त गर्दै आएका थिए।
सन्त रामपालजी महाराजको सद्भावना र मार्गदर्शनमा सञ्चालित अन्नपूर्णा मुहिमको मुख्य उद्देश्य आर्थिक रूपमा कमजोर, असहाय, वृद्ध, विधवा तथा दैनिक आधारभूत आवश्यकता पूरा गर्न कठिनाइ भएका परिवारलाई सहयोग पुर्याउनु हो। यस अभियानले एकपटकको सहयोगमा मात्र सीमित नरही आवश्यकताअनुसार दोस्रो, तेस्रो र थप किस्तामार्फत निरन्तर सहयोग उपलब्ध गराउँदै आएको छ। खाद्यान्न, दैनिक उपभोग्य सामग्रीलगायत आवश्यक वस्तुहरू वितरण गरी परिवारहरूलाई केही हदसम्म राहत प्रदान गर्ने लक्ष्य राखिएको छ।
अन्नपूर्णा मुहिमले मानवीय सेवाको भावनालाई प्राथमिकता दिँदै समाजका कमजोर वर्गलाई सहारा दिने काम गर्दै आएको छ। सन्त रामपालजी महाराजको आदेशअनुसार यस अभियानमार्फत देशभरका विभिन्न स्थानमा विपन्न परिवारलाई सहयोग पुर्याइँदै आएको छ। यसले केवल भौतिक सहयोग मात्र नभई समाजमा सद्भाव, सहयोग र मानवताको भावना फैलाउन पनि योगदान पुर्याएको विश्वास गरिएको छ।
आवश्यकतामा परेका परिवारलाई अनुरोध
अन्नपूर्णा मुहिमबाट सहयोग लिन चाहने आर्थिक रूपमा विपन्न, असहाय वा दैनिक जीवनयापनमा कठिनाइ भएका परिवारहरूले सम्पर्क राख्न सकिन्छ। आवश्यकता र अवस्था बुझेर योग्य परिवारलाई सहयोग उपलब्ध गराइने जानकारी दिइएको छ। इच्छुक व्यक्ति वा परिवारले नजिकैका सम्बन्धित प्रतिनिधि वा अभियानका संयोजकसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।
सन्त रामपालजी महाराजको अन