11/12/2025
चितवनबाट सुरु भएर धेरै जिल्लामा Chicken Anemia Virus फैलिएको छ।
यो रोगले कुखुराको प्रतिरोध क्षमता घटाएर दीर्घकालीन घाटा गराउँछ।
सबै किसानले ब्रोइलर, र कोइलर कुखुरामा CAV खोप अनिवार्य गर्नुपर्छ।
फार्ममा Disinfection कडाइका साथ अपनाउनुहोस्, किनकि रोग रोकथामको पहिलो शर्त Biosecurity नै हो।”
कडा जैविक सुरक्षा (Strict Biosecurity)
यो रोग फैलिनुको प्रमुख कारण जैविक सुरक्षा कमजोरी नै हो।
फार्ममा यस्ता अभ्यास अनिवार्य गर्नुहोस्:
फार्मको गेटमा Disinfection tray / sanitizer राख्नुहोस्।
बाहिरबाट आउने मानिस, सवारी, उपकरण सबैलाई अनिवार्य रूपमा डिसइन्फेक्ट गर्नुहोस्।
दाना, पानी, औषधि, आरो, भूसी जस्ता सामान ल्याउँदा पूरा सुरक्षा अपनाउनुहोस्।
फार्ममा अनावश्यक मानिसको आवागमन बन्द गर्नुहोस्।
एउटै लुगा/जुत्ताले विभिन्न फार्मको चक्कर नलगाउनुहोस्।
1. चल्ला उमेर मिलाएर राख्ने (All-in All-out system)
एउटै शेडमा भिन्न उमेरका कुखुरा राख्न नमिल्छ, यसले रोग झन् छिटो फैलाउँछ।
2. फोहोर र मल व्यवस्थापन
फोहोर, मल, मरेका कुखुरा सुरक्षित रूपमा नष्ट गर्नुहोस्।
शेड सफा राख्नुहोस्, वेंटिलेशन राम्रो बनाउनुहोस्।
3. पोषण र व्यवस्थापन सुधार
गुणस्तरीय दाना दिनुहोस्, Protein–vitamin पर्याप्त भएको।
पानीमा भिटामिन–Mineral Premix दिने बानी बनाउनुहोस्, चल्लाको immunity बलियो हुन्छ।
4. संक्रमित शंकास्पद कुखुरा छुट्टै राख्ने (Isolation)
यदि कुखुरा कमजोर, तौल नबढ्ने, फिका झैँ देखिए भने तुरुन्तै अलगै राखेर उपचार गर्नुहोस्।
अहिले H9 इन्फ्लुएन्जा (H9N2) पनि फैलिने मौसम
दाना–पानी सुरक्षित राख्नुहोस्।
जथाभावी कुखुरा फार्म हेर्न नजानुहोस्।
बायोसेक्युरिटी झन् कडा गर्नुहोस्।
जय किसान 🙏