Dhungeldhara dairy udhyog

Dhungeldhara dairy udhyog WE provide milk production like CHEESE, DOG CHEW CHHURPI,GHEE and PANEER.

हामी नेपाली को दुर्दशा ! बिदेसिनु बाध्यता हो कि रहर हो ??
17/01/2026

हामी नेपाली को दुर्दशा ! बिदेसिनु बाध्यता हो कि रहर हो ??

24/12/2025

Ashim Shrestha writes :

राज्यलाई कर तिरे बापत नागरिकले के पाए ?

१. मैले ३० दिन काम गरें ( मेरो आम्दानीको स्रोत )

२. दैनिकी खर्च त छदै छ, राज्यको सेवा के के मा गर्छु ?

• मैले तलब लिएँ - कर तिरें
• मोबाईल किने -कर तिरें
• रिचार्ज गरें - कर तिरें
• डेटा लिएँ - कर तिरे
• बिजुलीको बिल भुक्तान गरें - कर तिरें
• पानी प्रयोग गरें - कर तिरें
• फोनको शुल्क बुझाएँ - कर तिरें
• घर बनाएँ - कर तिरें
• TV फ्रिज लिएँ - कर तिरें
• बाईक लिएँ - कर तिरें
• पेट्रोल हालें - कर तिरें
• रोडमा गाडी चलाएँ - कर तिरें
• लाईसेन्स बनाएँ - कर तिरें
• पार्किङ गरें - कर तिरें
• कपडा किने - कर तिरें
• जुत्ता किने कर तिरें
• गल्ति गरें - कर (जरिवाना) तिरें
• राशन किने - कर तिरें
• रेष्टुरेन्टमा खाँए - कर तिरें ।व्यापार ब्यबसाय गरें -करतिरें ।
सयौं अन्य सामान लिएँ र कर तिरे , कही फिस दिएँ, कही बिल र कही ब्याज दिएँ , कही जरिवानाको नाममा त कही कमिशन र उपहारको नाममा पैसा दिनु पर्यो ।

उक्त सबै नौटङकी पश्चात गल्तिवश केही रकम बच्यो त त्यसमा पनि कर तिरें ।

३. कर त तिरे पाउछु के ?
पूरा उमेर काम गरेपछि

- कुनै सामाजिक सुरक्षा छैन
- कुनै पेन्शन छैन
- कुनै स्वास्थ सुबिधा छैन
- बच्चाहरुको लागी शिक्षा सुबिधा छैन
- सार्वजनिक सवारी सेवा सुबिधा छैन

४. यतिका कर मैले तिर्दा पनि के हुँदै छ ?

सडक खराव , बिजुलि खराव , हावा खराव , पानी खराव , फलफुल सागसब्जी खराव, हस्पिटल महङ्गो , हरेक साल महङ्गिको मार, आकष्मिक विपद्हरु, हरेक ठाउँमा लामो लाईन् !

6. तर कर तिरेको सारा पैसा कहाँ गयो ?

- भ्रष्टाचारमा,
- चुनावमा र जनप्रतिनिधिहरुको तलब र सुबिधामा
- नेताहरुको स्वस्थ उपचार र बैदेशिक भ्रमणमा
- नेताहरुको अलिशान भवन, महँगो गाडीमा
- कार्यकर्ताहरुको भरण पोषणमा वा स्विस बैंकमा ?

* आखिर कहिले सम्म यस्तो दुरावस्था भोग्नु पर्ने हो ? पहिल्यै तिरिसकेको करबाट प्राप्त सिमित तलबबाट कहाँ कहाँ कति कति, किन र कहिलेसम्म यसरी लुटिदै जानू पर्ने हो ?

09/12/2025

छुर्पीको निर्यातमा उल्लेख्य वृद्धि: चार महिनामै १ अर्ब ४ करोडको निर्यात

~~ चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट हुने छुर्पीको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। कुकुर र बिरालोको आहार (पेट फुड) का रूपमा विश्व बजारमा लोकप्रिय बन्दै गएको नेपाली छुर्पीले छोटो अवधिमै १ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गर्न सफल भएको हो।

भन्सार विभागको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्ममा नेपालले १ अर्ब ४ करोड रुपैयाँ बराबरको ८ लाख ६७ हजार ६८१ किलो छुर्पी निर्यात गरेको छ। नेपाली छुर्पी हाल विश्वका २७ वटा देशमा पुग्ने गरेको छ।

किन रुचाइन्छ नेपाली छुर्पी ?

नेपालको पहाडी तथा हिमाली भेगमा उत्पादित छुर्पीमा उच्च मात्रामा प्रोटिन हुने भएकाले यसलाई कुकुरका लागि निकै पोसिलो मानिन्छ। व्यवसायीहरूका अनुसार कुकुरका लागि विशेष रूपमा तयार पारिने छुर्पीमा ६७ देखि ७५ प्रतिशतसम्म प्रोटिन हुन्छ।

यसबाहेक, छुर्पी पशुको हड्डीजस्तै कडा हुने भएकाले कुकुरले यसलाई 'डग च्यु' (Dog Chew) का रूपमा लगातार चपाउन मन पराउँछन्। छुर्पीको एउटा ठूलो टुक्रा सिध्याउन कुकुरलाई कम्तीमा पाँच घण्टा लाग्ने भएकाले पनि विदेशी बजारमा यसको माग बढ्दै गएको हो। अमेरिका, क्यानडा र युरोपेली मुलुकहरूमा नेपाली छुर्पीको बजार विस्तार हुँदै गएको छ।

01/12/2025
WITH GUEST FROM SWISS !!
17/01/2025

WITH GUEST FROM SWISS !!

INTRODUCING FLAVOURED PRODUCT
04/10/2024

INTRODUCING FLAVOURED PRODUCT

A quality product of DDU !
03/10/2024

A quality product of DDU !

19/04/2024

भक्तपुरका सरोज दुलाल लेख्नुहुन्छ: "अब बिस्तारै कोल्ड ड्रिङ्क्स हट्नेमा आशावादी छौं। आज मात्र एउटा भोजमा कोल्ड ड्रिङ्क्सको विकल्पमा १२० लिटर सम्म महि अर्डर गर्नुभयो। साह्रै खुसी लाग्यो । एक त स्वास्थ्यलाई राम्रो, अर्को नेपाली किसानलाई राहत ।

Address

Ilam

Telephone

+9779848015070

Website

Alerts

Be the first to know and let us send you an email when Dhungeldhara dairy udhyog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhungeldhara dairy udhyog:

Share