Cheese Plus Nepal

Cheese Plus Nepal Cheese plus Nepal is a fast-casual store that serves the best quality cheese and dairy products for the health-conscious customers in Nepal.

06/09/2026

शुद्ध चौँरीको दूधबाट बनेको Yak Soft Chhurpi

01/09/2026

इलामको हिमालयन चिज उत्पादक संघको आयोजनामा काठमाडौंमा चिज उत्पादक तथा बिक्री–वितरण व्यवसायीबीच मूल्यवृद्धिबारे बैठक बस्यो। बैठकको मुख्य एजेन्डा थियो—चिजको मूल्य कति बढाउने?

उत्पादक पक्षबाट प्रति केजी रु. २०० भन्दा बढी मूल्य बढाउनुपर्ने प्रस्ताव आयो। बिक्री–वितरण व्यवसायीहरूले भने एकैपटक यति ठूलो मूल्य बढाउँदा बजारमा चिज बेच्नै कठिन हुने भन्दै क्रमिक रूपमा मूल्य बढाउनुपर्ने धारणा राखे।

बिनायक डेरीका सञ्चालक महेन्द्र प्रधानले कारखाना लामो समयदेखि घाटामा रहेको र मूल्य नबढाए उत्पादन निरन्तर गर्न कठिन हुने बताए। यता, चिज प्लस नेपालका सञ्चालक पासाङ तामाङले भने मूल्य बढाउने मात्र नभई बजारको अवस्था र उपभोक्ताको क्षमतालाई समेत हेरेर मूल्य निर्धारण गर्नुपर्ने बताए।

रोचक पक्ष त के भयो भने, मूल्य बढाउने विषयमा एउटै संघभित्रै पनि एउटै मत देखिएन। कसैले यति बढाऔँ भने, कसैले एकैपटक नबढाऔँ भने। अन्ततः लामो छलफलपछि पनि “अबदेखि चिज यति रुपैयाँमा” भन्ने ठोस निर्णय आएन।

बैठकमा आएका केही व्यवसायी निष्कर्ष ननिस्किँदै फर्किए र अन्तिमसम्म केही सदस्य मात्रै बाँकी रहे।

अब प्रश्न उही छ—
मूल्य बढाउने हो कि बजार पनि बचाउने हो?
उत्पादकको घाटा पनि वास्तविक हो, तर व्यापारीले महँगोमा किनेर सस्तोमा बेच्न पनि सक्दैन।

अझ विगतको अनुभवले पनि झस्काउँछ। करिब चार वर्षअघि पनि मूल्यवृद्धिबारे यस्तै बैठक बसेर मूल्य बढाइएको थियो। तर दुई महिना नबित्दै त्यो मूल्य व्यवहारमा टिक्न नसकेको तामाङको भनाइ छ।

त्यसैले यसपटक प्रश्न “कति बढाउने?” मात्र होइन, “कति बढाउँदा उत्पादक पनि टिक्ने र बजार पनि नभाग्ने?” भन्ने हुनुपर्ने देखिन्छ।

28/08/2026

Organic real yak cheese from highland

21/08/2026

YAK CHHURPI हिमाली परम्पराको शुध्द स्वाद !

दूधको गुणस्तर आँखाले मात्र होइन, वैज्ञानिक परीक्षणबाट प्रमाणित हुन्छ। Fat% र SNF को सही परीक्षणमार्फत गुणस्तरीय र सुरक्ष...
06/08/2026

दूधको गुणस्तर आँखाले मात्र होइन, वैज्ञानिक परीक्षणबाट प्रमाणित हुन्छ। Fat% र SNF को सही परीक्षणमार्फत गुणस्तरीय र सुरक्षित दूध सुनिश्चित गर्न सकिन्छ। अब यी उपकरणहरूको प्रयोगबाट परीक्षणलाई अझ प्रभावकारी बनाउने प्रयास रहनेछ

DDC का नवराज सरसँग (Milk Management), दूधको गुणस्तर परीक्षण (SNF, FAT, CLR लगायत) दूधबाट बन्ने विभिन्न दुग्धजन्य परिकारह...
03/08/2026

DDC का नवराज सरसँग (Milk Management), दूधको गुणस्तर परीक्षण (SNF, FAT, CLR लगायत) दूधबाट बन्ने विभिन्न दुग्धजन्य परिकारहरूको बारेमा एक हप्ते सैद्धान्तिक (Theoretical) र (Practical) तालिम लिने अवसर पाउँदा अत्यन्तै खुसी लागेको छ। यस तालिमबाट प्राप्त ज्ञान र सीप आगामी यात्रामा निकै उपयोगी हुने विश्वास लिएको छु।

28/07/2026

बिदेशी होइन, अब सबैले नेपाली cheese खानु पर्छ

18/07/2026

ए भगवान, यस्तो थकाइ कसैको भागमा नपरोस्। 🙏😴”

18/07/2026

Do you know what’s the best price of ? Watch this video

11/07/2026

यो पसल सामानले चलेको हो… कि मेहनतले?

Address

Bahati Pokhari, Sohra Khutte
Kathmandu
44608

Alerts

Be the first to know and let us send you an email when Cheese Plus Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Cheese Plus Nepal:

Shortcuts

Share

Category