Ganesh panthi

Ganesh panthi "साथ दिनु छ भने फोलो गर्नुहोस्, खेल खेल्नुछ भने स्क्रोल गर्नुहोस्। 😊"संख्या होइन, साँचो साथ चाहिन्छ। 🤝❤️"

10/09/2026

I’m doing okay, but honestly, I’m going through a little difficulty right now. That’s why I haven’t been as active as before.
Please watch this video, give it a Like, and share it if you can. After that, I’ll tell you what I’m going through and why I’ve been a little distant lately. ❤️

Sometimes, silence has a story behind it.I’ll tell you what happened when the time is right…Until then, tell me—what do ...
10/09/2026

Sometimes, silence has a story behind it.
I’ll tell you what happened when the time is right…
Until then, tell me—what do you think happened? 👇❤️

07/09/2026

Like it if you want, don’t like it if you don’t 🤣
That’s completely your choice!
My job is simply to make videos and post them.
So… I made one and posted it. Now the rest is up to you! 😂😂 ゚viralシ

05/09/2026

कहिलेकाहीँ आँसु आँखाबाट होइन, मनबाट झर्ने रहेछ। 😭
बाहिरबाट हेर्दा म हाँसिरहेको हुन्छु, तर भित्र कतै एउटा यस्तो पीडा हुन्छ, जसको आवाज कसैले सुन्न सक्दैन।
सबैलाई आफ्नो बनाउन खोज्दा आफूलाई नै हराएँ, अनि अन्त्यमा थाहा भयो— सबैलाई मनमा राख्न सकिँदैन रहेछ, केहीलाई सम्झनामा राखेर बाँच्नुपर्दो रहेछ। 💔🥀

#मनकोकुरा #पीडा #माया #जिन्दगी #भावना

कसैलाई गुमाउनुको पीडा त समयसँगै कम होला, तर आफूले साँचो मानेको मान्छेले आफूलाई नै गलत ठानिदिँदाको पीडा कहिल्यै सजिलै निक...
05/09/2026

कसैलाई गुमाउनुको पीडा त समयसँगै कम होला, तर आफूले साँचो मानेको मान्छेले आफूलाई नै गलत ठानिदिँदाको पीडा कहिल्यै सजिलै निको हुँदैन। 💔

हामीले त सम्बन्ध बचाउन आफूलाई नै धेरै पटक हरायौँ,
तर अन्त्यमा बुझियो—
जसलाई हाम्रो उपस्थितिको मूल्य हुँदैन, उसलाई हाम्रो अनुपस्थितिको पीडा पनि हुँदैन रहेछ। 💔🥀

सबै सुत्ने बेला भएको छ… तर मेरो आँखामा भने आज निद्रा छैन।किनकि आज मैले आफ्नै आँखाले एउटा मान्छेलाई यो संसारबाट अन्तिम बि...
03/09/2026

सबै सुत्ने बेला भएको छ… तर मेरो आँखामा भने आज निद्रा छैन।
किनकि आज मैले आफ्नै आँखाले एउटा मान्छेलाई यो संसारबाट अन्तिम बिदाइ हुँदै गरेको देखेँ।
त्यो दृश्य देख्नेबित्तिकै मैले उसको ठाउँमा आफूलाई राखेर हेरेँ… अनि आँखा रसाए। 😢

जाने बेलामा उसँग केही रहेनछ…
न धन, न घमण्ड, न अहंकार, न अधुरा सपनाहरू पूरा गर्ने समय।
यतिसम्म कि अन्तिम समयमा पानीसम्म पिउन पाएनछ।

त्यो क्षणले मलाई एउटा कुरा गहिरोसँग सिकायो—
हामी आखिर के कुराको घमण्ड गर्छौँ? के कुराको अहंकार गर्छौँ?
आज हामीसँग जे छ, भोलि त्यही सबै छोडेर जानुपर्ने रहेछ।

यो संसार कति सुन्दर छ…
जहाँ हे¥यो, माया छ, प्रकृति छ, सम्बन्धहरू छन्, सपना छन्, हाँसो छ। ❤️
तर हामी भने सानो–सानो कुरामा एकअर्काको मन दुखाएर, रिसाएर, घमण्ड गरेर बसिरहेका छौँ।

त्यसैले सकिन्छ भने मान्छेलाई माया गरौँ, सम्मान गरौँ, मिठा वचन बोलौँ।
किनकि एकदिन हामी जानेछौँ…
त्यो बेला हाम्रो पैसा होइन,
हामीले कसैको मनमा छोडेको मिठो सम्झना मात्रै बाँकी रहनेछ।

आज त्यो दृश्यले मलाई आफैँलाई प्रश्न गर्न बाध्य बनायो—
“यदि भोलि म पनि यस्तै भएँ भने?”

मेरा पनि त आधा सपना अधुरा छन्…
आधा जिम्मेवारी बाँकी छन्…
कति ठाउँ घुम्न बाँकी छ, कति कुरा गर्न बाँकी छ, कति मान्छेलाई माया देखाउन बाँकी छ।
त्यसैले मनभित्र डर लाग्यो—
जिन्दगी लामो छ भनेर सोचिरहँदा कतै समय नै छोटो पो रहेछ कि?

आज भगवानसँग मेरो एउटै प्रार्थना छ—
मेरो कारणले कहिल्यै कसैको मन नदुखोस्।
मबाट सबै कुरा राम्रो हुन सकेन भने पनि,
कम्तीमा मेरो कारणले कसैलाई नराम्रो नहोस्। 🙏

पैसा कमाउनुहोस्, प्रगति गर्नुहोस्, भविष्यका लागि बचत गर्नुहोस्।
तर आफ्नो स्वास्थ्यलाई कहिल्यै नबिर्सनुहोस्।
नयाँ ठाउँ घुम्नुहोस्, प्रकृति हेर्नुहोस्, जंगलतिर जानुहोस्, आकाश हेर्नुहोस्…
किनकि तपाईंको सबैभन्दा ठूलो धन तपाईंको बैंक ब्यालेन्स होइन, तपाईंको स्वास्थ्य र तपाईंको जीवन रहेछ।

जिन्दगीले सबै सपना पूरा गर्ने मौका देओस् भन्ने त चाहना हुन्छ…
तर सबै सपना पूरा हुन्छन् भन्ने ग्यारेन्टी रहेनछ।

त्यसैले आजैदेखि—
माया गर्नुस्।
सम्मान गर्नुस्।
मिठो बोल्नुस्।
मन नदुखाउनुस्।
र आफूलाई पनि बाँच्न दिनुस्। ❤️

किनकि अन्तिम बिदाइको त्यो क्षणमा
हामीसँग लिएर जाने केही हुँदैन…
केवल हामीले कसैको जीवनमा छोडेको माया र सम्झना मात्र बाँकी रहन्छ। 😢🙏

#जीवन #माया #मानवता #स्वास्थ्य #सम्झना

Don’t call it “help” if it comes at the cost of someone’s dignity. 💔Before giving someone torn clothes you wouldn’t wear...
02/09/2026

Don’t call it “help” if it comes at the cost of someone’s dignity. 💔
Before giving someone torn clothes you wouldn’t wear yourself, put yourself in their place for a moment.
People in need deserve help—not humiliation.

02/09/2026

सहयोग गर्न सक्नुहुन्छ भने मनदेखि गर्नुहोस्,
सक्नुहुन्न भने कमसेकम कसैको आत्मसम्मान नतोड्नुहोस्।
फाटेको कट्टु, फाटेको कमिज, फाटेकै जुत्ता र फोहोर सामान दिएर कसैलाई सहयोग होइन, उसको मन दुखाउने काम हुन्छ।
हामीलाई स्कुलले यस्तो सिकाएको थिएन, बा–आमाले पनि यस्तो सिकाउनुभएको थिएन।
गरिब हुनु अपराध होइन, अभावमा बाँच्नु लाजको कुरा होइन।
तर अभावमा रहेको मानिसलाई उसको अवस्थाको नाममा अपमान गर्नुचाहिँ पक्कै गलत हो।
एकपटक आफैंलाई उनीहरूको ठाउँमा राखेर सोच्नुहोस्—
“मलाई कसैले यस्तो सामान दिएको भए, म स्वीकार गरेर लगाउँथेँ?”
सक्नुहुन्छ राम्रो गर्नुहोस्।
सक्नुहुन्न भने प्रार्थना गर्नुहोस्, सरकारलाई जिम्मेवार बनाउनुहोस्, तर कसैको आत्मसम्मान नबेच्नुहोस्। 💔
#मानवता #आत्मसम्मान #सहयोग #समाज #सोचौं

02/09/2026

उसले भनिन्— “मेरो जिन्दगीमा धाँधेर आउनुस्…” 😂
म पनि कुरा पत्याएर यति धाँधेर गएँ कि,
उता त ३ वटा बच्चा पनि बनाइसकेकी रहिछिन्! 🤣😭
अब भन्नुस् त… मैले गर्ने के? कमेन्टमा फैसला सुनाइदिनुस्! 😂👇

#नेपालीकमेडी #हासोमजाक #नेपालीभिडियो

01/09/2026

छिनछिनको निहातैको चोरी… ❤️
गीत बज्यो, मन रमायो, अनि खुट्टा आफैं नाच्न थाल्यो 😍💃
भिडियो हेरेर माया लाग्यो भने एउटा ❤️ छोडिदिनु है!

Address

Baneswor
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Ganesh panthi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category