04/10/2026
म र मेरी Gf सँगै Living Together मा बस्थ्यौँ। एकदिन अचानक आमा गाउँबाट आउनुभयो!
आमाले Gf लाई देखेर सोध्नुभयो—
“यो केटी को हो, बाबु?”
मैले भनेँ—
“आमा, हामी त Just Room Partner हौँ! उसले अन्त कोठा नपाएर सँगै बसेका मात्र हौँ! हामीबीच केही पनि छैन। ऊ आफ्नो खाटमा सुत्छे, म आफ्नो खाटमा!”
आमा एक दिन बसेर भोलिपल्ट फर्किनुभयो।
आमा फर्किएको दिनदेखि खाना पस्किने एउटा थाल हरायो! Gf ले भन्न थाली—
“तिम्रो आमाले नै लग्नुभयो होला त्यो थाल!”
मैले गाली गरेँ—
“आमाले किन लाने? यतै कतै होला।”
७ दिनसम्म पनि थाल नभेटिएपछि मैले आमालाई फोन गरेँ—
“आमा, चोर भनेको होइन, तर तपाईं आएर गएपछि एउटा थाल हराएको छ!”
आमाले भन्नुभयो—
“बाबु, मैले तँलाई अविश्वास गरेको होइन, तर यदि त्यो केटी साँच्चै आफ्नै ओछ्यानमा सुत्थी भने थाल भेट्टाउने थिइस्! त्यो थाल उसको सिरानीमुनि छ!”