Mission raskot

Mission raskot भस्टचार बिरूध हाम्रो अभियान
सत्य सुचनाको पहिचान

13/06/2026

जय शिवनाथ #स्युना

12/06/2026

रास्कोट नगरपालिका

12/06/2026

kalikot

प्रधानमन्त्री नआउने भए मलाई रक्षामन्त्री बोलाइदिनुस, म प्रश्न सोध्न चाहान्छु  : हर्क साम्पाङ
12/06/2026

प्रधानमन्त्री नआउने भए मलाई रक्षामन्त्री बोलाइदिनुस, म प्रश्न सोध्न चाहान्छु : हर्क साम्पाङ

रास्कोट ।बडिमालिका माध्यमिक विद्यालय रास्कोटमा सञ्चालन हुँदै आएको एसईई परीक्षा केन्द्रको विषयलाई लिएर आज विद्यार्थीहरूले...
13/01/2026

रास्कोट ।
बडिमालिका माध्यमिक विद्यालय रास्कोटमा सञ्चालन हुँदै आएको एसईई परीक्षा केन्द्रको विषयलाई लिएर आज विद्यार्थीहरूले नगरपालिका भवन अगाडि नाराबाजी गरेका छन्।

लामो समयदेखि निरन्तर र मर्यादित रूपमा सञ्चालन हुँदै आएको परीक्षा केन्द्रलाई प्रभावित पार्ने गरी स्थानीय सरकारले गरेको निर्णयको विरोधमा विद्यार्थीहरू सडकमा उत्रिएका हुन्। उनीहरूले परीक्षा केन्द्र हटाउने वा स्थानान्तरण गर्ने निर्णय पुनरावलोकन गर्न माग गरेका छन्।
बडिमालिका मा.वि.को परीक्षा केन्द्र इतिहास निकै पुरानो रहेको छ। वि.सं. २०१३ मा ने.रा.प्रा.वि., २०१८ मा ने.रा. नि.मा.वि. र २०३२ मा माध्यमिक तह स्थापना भएको यस विद्यालयले २०३५ सालदेखि एसएलसी परीक्षामा सहभागिता जनाउँदै आएको देखिन्छ। विभिन्न कालखण्डमा अछाम, दैलेख र मान्म केन्द्रमार्फत परीक्षा सञ्चालन भए पनि ४९ सालपछि रास्कोटमै बडिमालिका परीक्षा केन्द्रका रूपमा निरन्तरता पाएको थियो।

द्वन्द्वकालीन सुरक्षा अवस्थाका कारण ५६ सालमा एकपटक जनजागृति माध्यमिक विद्यालयमा केन्द्र सारिए पनि त्यसपछि पुनः बडिमालिका मा.वि.कै नाममा परीक्षा सञ्चालन हुँदै आएको विद्यालय पक्षको भनाइ छ। वि.सं. ६२ सालदेखि हालसम्म यही विद्यालयमा नियमित रूपमा एसएलसी तथा एसईई परीक्षा केन्द्र सञ्चालन हुँदै आएको छ।
यसअघि पलाता, पचालझरना र सानी त्रिवेणी गाउँपालिकाका परीक्षार्थीहरू समेत यही केन्द्रमा परीक्षा दिने गरेका थिए। पछिल्ला दुई वर्षमा त पूरक परीक्षा केन्द्रसमेत थपिँदा चारवटा परीक्षा केन्द्र यही विद्यालयमा सञ्चालन भएका थिए। साथै २०६५ सालदेखि नरहरीदेखि पलातासम्मका विद्यालयहरूको कक्षा ११ र १२ को परीक्षा केन्द्र पनि यहीँ सञ्चालन हुँदै आएको छ।

तर यस वर्ष स्थानीय सरकारले अन्य विद्यालयको मागका आधारमा ‘घुम्ती’ प्रकृतिको परीक्षा केन्द्र सञ्चालन गर्ने निर्णय गरेपछि बडिमालिका मा.वि. र यहाँ अध्ययनरत विद्यार्थीहरू प्रभावित भएको विद्यालय प्रशासनको गुनासो छ। यही निर्णयको विरोधमा विद्यार्थीहरूले आज नगरपालिकाको मुख्य गेट अगाडि नाराबाजी गर्दै न्यायोचित निर्णयको माग गरेका हुन्।
विद्यार्थीहरूले सकेसम्म आफू अध्ययन गरिरहेकै विद्यालय वा नजिकको विद्यालयबाट परीक्षा दिन पाउने वातावरण बनाउनुपर्ने माग गरेका छन्। विद्यालय प्रशासनले भने यस विषयमा सबै सरोकारवालाबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउँदै विवादभन्दा पनि शैक्षिक वातावरणमा ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखेको छ।
स्थानीय सरकार, शिक्षा क्षेत्रका निकाय र विद्यालयबीच समन्वय गरी उपयुक्त निकास निकालिने अपेक्षा गरिएको छ।
— कमल टमट्टा
कर्णाली न्युज नेपाल

रास्कोट–४ टमट्टा बाडामा युवाहरूको सक्रियतामा लाटेमस्टो मन्दिर पुनर्निर्माण सम्पन्नरास्कोट ४ कालीकोटरास्कोट नगरपालिका–४, ...
30/08/2025

रास्कोट–४ टमट्टा बाडामा युवाहरूको सक्रियतामा लाटेमस्टो मन्दिर पुनर्निर्माण सम्पन्न

रास्कोट ४ कालीकोट
रास्कोट नगरपालिका–४, टमट्टा बाडाका उत्साही युवाहरूको सक्रिय पहल र सामूहिक सहयोगमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको लाटेमस्टो मन्दिर पुनःनिर्माण सम्पन्न भएको छ।

गत साउन २० गतेदेखि सुरु भएको पुनर्निर्माण अभियान करिब एक महिनाभित्रै सम्पन्न भएको हो। स्थानीय युवाहरूले श्रमदान, आर्थिक योगदान र सामूहिक सहभागितामार्फत मन्दिर निर्माण कार्यलाई अघि बढाएका थिए।

“हामी युवाले दिन–रात नभनी, भोक–प्यासको पर्वाह नगरी, एकताको भावनासहित मन्दिर पुनर्निर्माण सम्पन्न गरेका छौं,” पुनःनिर्माण सदस्य शैलेन्द्र टमट्टाले बताए।

स्थानीयवासीका अनुसार मन्दिर मात्र नभई चौतारो, पधेरा, कुवा जस्ता सामाजिक संरचनाहरू लोकतान्त्रिक समाजको बलियो आधार हुन्। “रास्कोट नगरपालिका भित्र कुनै धार्मिक वा सामाजिक संरचनाको विकास गर्नुपर्ने खण्डमा युवामाथि विश्वास गरेर जिम्मेवारी दिनुपर्छ,” एकजना युवाले भने।

यस पुनर्निर्माणलाई स्थानीयले युवाको जागरण, एकता र श्रमदानको प्रेरणादायी उदाहरणका रूपमा लिएका छन्।

युवाहरूले भविष्यमा पनि धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, पुनर्निर्माण र विकास कार्यमा निरन्तर लाग्ने प्रतिबद्धता जनाएका छन।

बडिमालिका माध्यमिक विद्यालयका शिक्षक कृष्णप्रसाद बराललाई कर्णाली प्रदेश सरकारद्वारा उत्कृष्ट शिक्षक सम्मान३५ हजार रुपैया...
01/07/2025

बडिमालिका माध्यमिक विद्यालयका शिक्षक कृष्णप्रसाद बराललाई कर्णाली प्रदेश सरकारद्वारा उत्कृष्ट शिक्षक सम्मान
३५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान

रास्कोट, असार १७ — शिक्षा क्षेत्रलाई बौद्धिक, मर्यादित, अनुशासित र जिम्मेवार पेसाका रूपमा अंगाल्दै ज्ञानको उज्यालो फैलाउने अभियानमा समर्पित बडिमालिका माध्यमिक विद्यालय, रास्कोटका वरिष्ठ शिक्षक श्री कृष्णप्रसाद बराल कर्णाली प्रदेश सरकारले “उत्कृष्ट शिक्षक” को रूपमा सम्मानित गरेको छ!

२०८२ असार १७ गते, कर्णाली प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय तथा शिक्षा विकास निर्देशनालय, सुर्खेतको आयोजनामा आयोजित कार्यक्रममा उहाँलाई शैक्षिक क्षेत्रमा देखाएको उल्लेखनीय योगदान, जिम्मेवारीप्रति निष्ठा र कर्तव्यबोधका आधारमा छनोट गरिएको हो।

उहाँलाई सो अवसरमा प्रमाणपत्रसहित नगद ३५,००० रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। यस उपलब्धिले विद्यालय, समुदाय र सम्पूर्ण रास्कोट क्षेत्रको शैक्षिक प्रतिष्ठा थप उचो बनाएको छ।

शिक्षक बराललाई यस विशेष सम्मानका लागि हार्दिक बधाई तथा आगामी दिनमा उहाँको शैक्षिक योगदानले अझ बढी विश्वास, गुणस्तर र प्रगतितर्फ अग्रसर होस् भन्ने शुभकामना व्यक्त गर्दछौ

Address

Kathmandu
Kathmandu
20600905

Website

Alerts

Be the first to know and let us send you an email when Mission raskot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category