19/09/2026
ए रसुवा... ए नुवाकोट... तिम्लाई गहिरो चोट लागेको छ ! त्यो तिम्रो घाऊ सम्झिनसक्नुको छ ! त्यो पीडा सहिनसक्नुको छ ! तिमी यसरी घाइँते हुँदा म आरामले सुतिबस्न र हाँसिबाँच्न कहाँ सक्छु र ? तिम्रो घाऊ तिम्लाई जति दुखेको छ उतिनै मलाई पनि दुखेको छ ! तिमी रोइरहेको यो पल म पनि रोइरहेको छु ! तिम्रो यति ठूलो घाऊमा म जस्तो सानो मान्छेले के नै पो गत्तिलो मलम पट्टि लाइदिन सक्छु र ? तै पनि तिम्रो आँशु पुछ्ने सकेको प्रयास गर्छु र गरिरहनेछु ! आज १६ दिन पछि म काठ्माण्डौँ फर्केको छु तर मेरो तन मात्रै शरीर मात्रै म सङ्ग फर्केको छ ! मन त त्यही भोटेकोशीको तीरमा बसेर पारिपट्टीको सुरुङ तिर हेरिरहेकोछ, बेहाल बनी भत्किएका र डुबेका बेत्रावती किनाराका घरहरुको छेऊतिर असरल्लै छरिएर रहेको छ ! बिजोग हालतमा भत्केका ती बाटाहरुको हिलो र ढुङ्गे अक्करे बाटो मर्मत गर्दै नै त्यहिँ बसिरहेकोछ ! यहाँ म सङ्ग आएको त एउटा जीर्ण शरीर मात्रै ! राम्रो सङ्ग नेपाली बोल्न नसक्ने ती निर्दोष गाउँलेहरुले आफ्नो घरका सदस्यहरु गुमाएको घरखेतबारी सबै थोक बगेको बिलौना सुन्न उतै छ बस्तीहरुका मेरो मन अझै ! मेरो हातमा न स्रोत छ र साधन, न सरकार छ न शासन र पनि मलाई देख्दा गाउँलेले राखेका ती माग र गुनासाहरु सम्झंदा कति नमज्जा लाग्ने मलाई मैले केही सहयोग गर्न नसकेको देख्दा ! मेरो एउटा आवाज छ र यो एउटा फेस्बुकको आइडी ! यही प्रयोग गरेर सुरुङ्मा थुनिएका मान्छेहरुको आफन्तले मलाई गरेको अनुनय सरकार सम्म पुराउँदा मैले खाएको लाखौँ गालि र पाएको अपमानको बदनाम कुनामहरु संझदा म दु:खी छैन ! दु:खी छु त सरकारको ढिलासुस्ती र लापरवाहीले नेपाली दाजुभाइदिदीबैनीको ज्यान बचाउन नसकेर लासको ओइरो निकालेको देख्दा र सुन्दा ! हार्दिक श्रद्धाञ्जली भन्नु सिवाय मेरो वशमा अर्थोक के नै छ र यो बेला ? मलाई जस्तो सरकारमा बस्नेहरुलाई पनि लागेको यदि थियो भने सुरुङ्मा थुनिएकाहरुलाई बेलैमा उद्दार गर्न सकिन्थ्यो ! हजारौँ बगाउने त्यो पर्लयकारी बाढीले पुराएको त्यो तिम्रो चोट र घाऊमा समयले बिस्तारै खाटा त लगाउला तर मन मान्दैन, छट्पटिन्छ बेस्सरी... काहालिन्छ सम्झंदा ! अब तिम्लाई फेरि उठाउने जिम्मा हामी सबै नेपालीले लिन पर्छ ! म फेरि फर्केर आउनेछु ! तिम्लाई उभ्याउन मैले सकेको आह्वान गर्नेछु ! थलापरेर पछारिएको तिम्रो अवस्थालाई फेरि मजबुदीका साथ उभ्याएर हिँड्न सक्ने अनि दौडन सक्ने गरी सबै नेपालीले तिम्लाई सहयोग गर्ने नै छन् ! म फेरि फर्कनेछु तिम्रा घाऊहरुमा मलम लगाउन र तिम्रो छेऊ तिमी सङ्ग बसिदिन अनि तिम्रो आँसु पुछ्न सकेको प्रयास सहित म फेरि आउनेछु ! तिम्लाई।एक्लो महशुस हुन दिनेछैन म ! म फर्किआउनेछु ! Love you Rasuwa, Nuwakot, you love foerever.