Gorakh Rai officially Page

Gorakh Rai officially Page तैले गर्ने जुनसुकै कुरा परमप्रभुलाइ सुम्पिदे, र तेरा योजनाहरु सफल सफल हुनेछन !
हितोउपदेश १६:३ पद !

आज श्रावण २४गते आइतबार बेलुका !!तदनुसार August 9th Sunday Evening  2026USA Date : August 9th Sunday   Morning !आउनुस   !...
09/08/2026

आज श्रावण २४गते आइतबार बेलुका !!

तदनुसार August 9th Sunday Evening 2026

USA Date : August 9th Sunday Morning !

आउनुस ! आउनुस ! आउनुस !

UNIVARSAL VISION FASTING PRAYER Zoom On Line & Youtube Fellowship !

बिगत ५/६ बर्ष अगाडि देखि नै यो शक्तिशाली आशिषमय बिश्वब्यापी उपबास दर्शन प्राथना सङ्गतिमा प्रत्येक दिन बेलुका सधै कुनै दिन नछुटाइ जुम अन लाइन सङ्गती साथै यु-टुयुब लाइभ सङाति हुने हुदा यस सङ्गतिमा सहभागी हुनको लागि हार्दिक स्वागत गर्दछौ !
भोलिको लागि सुचना
सन्चालन: शान्ता अधिकारी
बाइबल अध्ययन :
१ इतिहास ६:१-१५ पद
आराधना : सुनिता राइ
वचन बक्ता : रेभ, पास्टर : गोरख राई
प्रार्थाना : दुर्गा घताने
प्रत्येक दिन नेपाल समय : 8: बजे बेलुका
अमेरिका को समय : 10:00 बजे बिहान
ईन्डिया समय : 7:45 बजे बेलुका
होस्त :युनिभर्सल दर्शन उपबास प्राथना:
जुम आइदी : 9957468195
पास्कोद : 513214
https://www.youtube.com/live/Q31o1GldRJU?si=2epdOs-3_MK-fETd
आशीर्वादको प्राथना: रेभ,पास्तर: गोरख राई
यहाहरु सबैमा लिन्क शेयर, लाइक, कमेन्ट अनि एक सब्सक्राइब गर्न नभुल्नुहोला ताकी सधै आउने ओआशिषमय जिउदो वचन सधै सधै नै सुन्न पाउनुहुनेछ!

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

🇺🇸 अमेरिकी विदेश मन्त्रालयको नयाँ घोषणाआप्रवासी (Immigrant Visa) आवेदकका लागि Public Charge Bond सम्बन्धी नयाँ प्रक्रिया...
06/08/2026

🇺🇸 अमेरिकी विदेश मन्त्रालयको नयाँ घोषणा

आप्रवासी (Immigrant Visa) आवेदकका लागि Public Charge Bond सम्बन्धी नयाँ प्रक्रिया सुरू

📅 अद्यावधिक: ५ अगस्ट २०२६

अमेरिकी विदेश मन्त्रालय (U.S. Department of State) ले ५ अगस्ट २०२६ मा आप्रवासी भिसा (Immigrant Visa) आवेदकहरूका लागि एउटा महत्वपूर्ण नयाँ सूचना सार्वजनिक गरेको छ।

विदेश मन्त्रालयले स्पष्ट रूपमा उल्लेख गरेको छ:

“संयुक्त राज्य अमेरिकामा आप्रवासन (Immigration) गर्नु अधिकार (Right) होइन, विशेष अवसर (Privilege) हो। त्यसैले अमेरिकी आप्रवासी भिसा प्राप्त गर्न चाहने व्यक्तिले अमेरिकाका लागि बोझ (Burden) नभई लाभदायक (Benefit) बन्न सक्ने क्षमता प्रमाणित गर्नुपर्छ।”

1️⃣ नयाँ व्यवस्था के हो?

हाल लागू अमेरिकी कानून तथा नियमअनुसार अमेरिकी विदेश मन्त्रालयले Public Charge Bond सम्बन्धी नयाँ प्रक्रिया कार्यान्वयन गरेको छ। यो प्रक्रिया हाल Pilot Program (परीक्षण चरण) अन्तर्गत सीमित केसहरूमा प्रयोग भइरहेको छ।

यस व्यवस्थाअनुसार:

▪️ यदि कुनै Consular Officer ले कुनै आप्रवासी भिसा आवेदक भविष्यमा मुख्य रूपमा सरकारी आर्थिक सहायतामा निर्भर हुन सक्ने अर्थात् Public Charge बन्न सक्ने ठहर गरेमा,

▪️ त्यस्ता चयनित (Selected) आवेदकलाई USCIS मार्फत Public Charge Bond का लागि आवेदन गर्न निर्देशन दिन सकिनेछ।

▪️ यदि USCIS ले Bond स्वीकृत गर्छ र आवेदकले अन्य सबै आप्रवासी भिसाका योग्यता पूरा गर्छ भने,

▪️ INA Section 212(a)(4) अन्तर्गत Public Charge का कारण अस्वीकृत भएको आप्रवासी भिसा, आवेदक अन्यथा योग्य भएमा, जारी गर्न सकिनेछ।

2️⃣ Public Charge Bond भनेको के हो?

Public Charge Bond भनेको सम्बन्धित आवेदक भविष्यमा Public Charge नबन्ने सुनिश्चितताका लागि अमेरिकी कानूनअनुसार माग गर्न सकिने आर्थिक ग्यारेन्टी (Financial Bond) हो।

Bond को रकम सबैका लागि एउटै हुँदैन। Consular Officer ले प्रत्येक आवेदकको व्यक्तिगत तथा आर्थिक अवस्थासहित समग्र परिस्थितिको मूल्याङ्कन (Totality of Circumstances) गरेर Bond को रकम निर्धारण गर्नेछन्।

3️⃣ कसले अहिले आवेदन दिन सक्छ?

अहिलेलाई सबै आवेदकले स्वतन्त्र रूपमा Public Charge Bond का लागि आवेदन दिन मिल्दैन।

यो प्रक्रिया हाल केही चयनित (Selected) केसहरूमा मात्र लागू भइरहेको छ।

यदि कुनै आवेदकलाई Public Charge Bond आवश्यक पर्ने निर्णय गरिन्छ भने, त्यसबारे सम्बन्धित Consular Officer ले स्वयं जानकारी दिनेछन्।

4️⃣ Bond को रकम कति हुन्छ?

Bond को रकम प्रत्येक आवेदकको व्यक्तिगत, आर्थिक तथा अन्य सम्बन्धित परिस्थितिको समग्र मूल्याङ्कनका आधारमा निर्धारण गरिनेछ।

5️⃣ के हालको वैध भिसामा असर पर्छ?

पर्दैन।

अमेरिकी विदेश मन्त्रालयले स्पष्ट रूपमा जनाएको छ कि यो नयाँ प्रक्रिया हाल वैध रहेका कुनै पनि अमेरिकी भिसामा लागू हुँदैन।

6️⃣ Bond को पैसा पछि फिर्ता पाइन्छ?

आवश्यक नियम र सर्तहरू पूरा भएमा फिर्ता पाउन सकिन्छ।

तर Bond को रकम स्वतः वा तत्काल फिर्ता हुने होइन।

USCIS का नियमअनुसार आवश्यक कानुनी सर्तहरू पूरा भएपछि र Bond रद्द (Cancel) गर्न मिल्ने अवस्था पुगेपछि मात्र रकम फिर्ता पाउन सकिन्छ।

7️⃣ यो सूचना DV (Diversity Visa) आवेदकका लागि के अर्थ राख्छ?

यस घोषणामा DV-2026 वा Diversity Visa (DV) कार्यक्रमको प्रत्यक्ष उल्लेख गरिएको छैन।

तर DV पनि Immigrant Visa कै एक श्रेणी भएकाले, भविष्यमा कुनै DV आवेदक Public Charge का आधारमा अस्वीकृत भएमा यो Public Charge Bond प्रक्रिया सान्दर्भिक हुन सक्ने सम्भावना रहन्छ।

यद्यपि, अमेरिकी विदेश मन्त्रालयले अहिलेसम्म DV-2026 मा यो प्रक्रिया कसरी लागू हुनेछ भन्नेबारे कुनै छुट्टै आधिकारिक निर्देशन जारी गरेको छैन।

8️⃣ Public Charge का आधारमा अस्वीकृत भएका DV-2026 आवेदकहरूका लागि यो नयाँ व्यवस्था अवसर बन्न सक्छ?

सम्भवतः हो।

यदि कुनै DV-2026 Diversity Visa आवेदकको भिसा Public Charge का आधारमा अस्वीकृत भएको छ भने, सम्बन्धित Consular Officer ले Public Charge Bond का लागि आवेदन गर्न निर्देशन दिएको अवस्थामा, र आवेदक उक्त Bond का लागि आवेदन दिन इच्छुक तथा योग्य भएमा, यस नयाँ व्यवस्थाबाट लाभ लिन सक्ने सम्भावना रहन सक्छ।

यद्यपि, अमेरिकी विदेश मन्त्रालयले यो प्रक्रिया DV-2026 मा प्रत्यक्ष रूपमा लागू हुने वा नहुने सम्बन्धमा हालसम्म कुनै आधिकारिक घोषणा गरेको छैन। त्यसैले सम्बन्धित आधिकारिक निर्देशनको प्रतीक्षा गर्नु उपयुक्त हुनेछ।

📌 स्रोत: U.S. Department of State (Travel.State.Gov)
📅 आधिकारिक सूचना प्रकाशित: ५ अगस्ट २०२६

The U.S. Department of State has no higher priority than the safety and security of Americans. The Bureau of Consular Affairs issues U.S. passports, informs and assists Americans abroad, and strengthens America's security and safety by adjudicating and rigorously screening visa applications....

03/08/2026

श्रावण १७ गते आइतबारको दिन:
तद्नुसार August 2th Sunday 2026"
सधै झै प्रत्येक हप्ताको आइतबार शक्तिशाली उपबास प्राथना सङ्गती हुने हुदा तपाइहरु पनि सङ्गती पाउनुभएको छैन वा तपाइको कुनै बिमारी वा विभिन्न समस्याहरुमा हुनुहुन्छ भने आउनुहोस र सङ्ग सङ्गै सामुहिक उपबास शक्तिशाली प्राथना सेवाकाइमा हार्दिक स्वागत गर्दछौ:
मिति :२०८३/४/१७ गते आइतबार
तद्नुसार August 2 th Sunday 2026"
सङ्गती गर्ने स्थान : बेदि मन्डली बागडोल ललितपुर
आराधना : बेदि मन्डली आराधक टिम
वचन बक्ता :पास्टर : चित्र गुरुङ्ग
वचन पछि विशेष प्राथना अनि विभिन्न बिमारिहरुको लागि चङ्गाइ चङ्गाइको लागि प्राथना हुनेछ:

03/08/2026

हिन्दी राष्ट्र बनाउने सहमती? के यस्तो पनि हिन सक्छ र? भिडियो हेरौ:

के गोदावरी नगरपालिका वडा नं- ९  छम्पी र गोदावरी न.पा - ८  डुकुछाप को आ.ब. २०८३/ २०८४ जग्गा मूल्यड्कन  किन कसरी  के को ला...
03/08/2026

के गोदावरी नगरपालिका वडा नं- ९ छम्पी र गोदावरी न.पा - ८ डुकुछाप को आ.ब. २०८३/ २०८४ जग्गा मूल्यड्कन किन कसरी के को लागी यस्तो मूल्याङकन गरियो ।

१- मूल्याङकन गर्दा विकास अन्तर्गत सडक, शिक्षा , स्वास्थ्य विद्यालय विकासको आधारमा हुनु पर्छ /
२ - छम्पीको आधारमा डुकुछाप विकासले सम्पन्न वडा हो ? मूल्याङ्कन समितीले यो कुरा पुन सोच्नु जरूरी छ । किन कि आ.ब. २०८३ / २०८४ को लागी डुकुछाप अन्तगतको जग्गाको मूल्याङ्कन बृद्धि गर्नु कुनै रहस्य एवम स्थानिय जनताले केही जग्गा खरीद विक्री गर्दा माहारमा ।
१ - के डुकुछापमा हाल सम्म पिच बाटो छ ? छैन
छम्पीमा पिच बाटो छा
२ - के डुकुछापमा उच्च माध्यमिक बिद्यालय छ ? छैन
छम्पीमा छ
३ के डुकुछापमा सिचाइ छ ? छैन छम्पीमा टिका भैरब देखी थापा बस्तीमा सिचाइ छ ? डुकुछापमा छैन
३- के डुकुछापमा टेलिफोन छ ? छैन
छम्पीमा छ ।
के डुकुछापमा सड़क वत्ती छ ? छैन
छम्पीमा सडक बत्ती छ ।
कुनै पनि विकासको पूर्वाधार नभएको डुकुछापमा जगाको मूल्याङ्कन बृद्धि किन सो को बिवरण तपासिलमा स्थानिय सरकार लगायत जग्गा मूल्याङ्कन समितीले ध्यान दिनु जरुरी छ । या डुकुछापको जग्गामा कुनै रहस्य हुन सम्छे त्यो आगामी दिनमा थाहा अवस्य हुन्छ

03/08/2026

एक साचो सत्यता:
६. ए अल्छे, कमिलाकहाँ गएर त्यसको चाल-ढङ्ग हेर् र बुद्धिमानी बन्!
७. त्यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन,
८. तापनि ग्रीष्म ऋतुमा त्यसले अन्नको भण्डार तयार गर्छ र कटनीको समयमा आफ्नो खानेकुरो सञ्चय गर्छ।
हितोपदेश ६:६-८ पद:

03/08/2026

मौलिक हक धारा १६ देखि ४६ सम्म:

03/08/2026

स्थानिय तह :

आज श्रावण १७गते आइतबार बेलुका !!तदनुसार August 2 th Sunday Evening  2026USA Date : August 2th Sunday   Morning !आउनुस   ...
02/08/2026

आज श्रावण १७गते आइतबार बेलुका !!

तदनुसार August 2 th Sunday Evening 2026

USA Date : August 2th Sunday Morning !

आउनुस ! आउनुस ! आउनुस !

UNIVARSAL VISION FASTING PRAYER Zoom On Line & Youtube Fellowship !

बिगत ५/६ बर्ष अगाडि देखि नै यो शक्तिशाली आशिषमय बिश्वब्यापी उपबास दर्शन प्राथना सङ्गतिमा प्रत्येक दिन बेलुका सधै कुनै दिन नछुटाइ जुम अन लाइन सङ्गती साथै यु-टुयुब लाइभ सङाति हुने हुदा यस सङ्गतिमा सहभागी हुनको लागि हार्दिक स्वागत गर्दछौ !
भोलिको लागि सुचना
सन्चालन: शान्ता अधिकारी
बाइबल अध्ययन :
१ इतिहास २:२५-४१ पद
आराधना : सुनिता राइ
वचन बक्ता : रेभ, पास्टर : गोरख राई
प्रार्थाना : दुर्गा घताने
प्रत्येक दिन नेपाल समय : 8: बजे बेलुका
अमेरिका को समय : 10:00 बजे बिहान
ईन्डिया समय : 7:45 बजे बेलुका
होस्त :युनिभर्सल दर्शन उपबास प्राथना:
जुम आइदी : 9957468195
पास्कोद : 513214
https://www.youtube.com/live/gbq0WEpHqPM?si=KrYYXHaR6HYNIPBx
आशीर्वादको प्राथना: रेभ,पास्तर: गोरख राई
यहाहरु सबैमा लिन्क शेयर, लाइक, कमेन्ट अनि एक सब्सक्राइब गर्न नभुल्नुहोला ताकी सधै आउने ओआशिषमय जिउदो वचन सधै सधै नै सुन्न पाउनुहुनेछ!

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

प्रश्न: सार्क (SAARC) को परिचय दिई सार्कमा नेपालको भूमिका र सार्कले नेपालमा के कस्तो सहयोग पुराएको छ ? विश्लेषण गर्नुहोस...
02/08/2026

प्रश्न: सार्क (SAARC) को परिचय दिई सार्कमा नेपालको भूमिका र सार्कले नेपालमा के कस्तो सहयोग पुराएको छ ? विश्लेषण गर्नुहोस्। (१० अंक)

उत्तर

परिचय

सार्क (SAARC: South Asian Association for Regional Cooperation) दक्षिण एशियाली राष्ट्रहरूबीच क्षेत्रीय सहयोग, आर्थिक विकास, सामाजिक प्रगति तथा शान्ति प्रवर्द्धन गर्ने उद्देश्यले ८ डिसेम्बर १९८५ मा स्थापना भएको क्षेत्रीय संगठन हो। यसका सदस्य राष्ट्रहरू नेपाल, भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान हुन्। यसको सचिवालय काठमाडौंमा (१९८७ देखि) रहेको छ।

सार्कमा नेपालको भूमिका

1. संस्थापक सदस्यका रूपमा सक्रिय सहभागिता।

2. सार्क सचिवालय काठमाडौंमा राखेर क्षेत्रीय सहकार्यलाई संस्थागत आधार प्रदान गरेको।

3. सन् १९८७, २००२ र २०१४ मा सार्क शिखर सम्मेलनको सफल आयोजना।

4. सदस्य राष्ट्रबीच शान्ति, विश्वास र सहकार्य बढाउन पहल।

5. ऊर्जा, पर्यटन, व्यापार, वातावरण, सामाजिक सुरक्षा र आप्रवासन जस्ता विषयलाई सार्क एजेन्डामा अघि बढाउन योगदान।

6. सार्क क्षयरोग तथा HIV/AIDS केन्द्र (STAC) भक्तपुरमा सञ्चालन गरी क्षेत्रीय स्वास्थ्य सहकार्यमा योगदान।

सार्कले नेपाललाई पुराएको सहयोग

1. क्षेत्रीय व्यापार र आर्थिक सहकार्य विस्तार गर्ने अवसर।

2. शिक्षा, छात्रवृत्ति, तालिम र अनुसन्धान मा सहयोग।

3. स्वास्थ्य क्षेत्रमा, विशेष गरी क्षयरोग तथा HIV/AIDS नियन्त्रणमा प्राविधिक सहयोग।

4. विपद् व्यवस्थापन, जलवायु परिवर्तन र वातावरण संरक्षण सम्बन्धी सहकार्य।

5. कृषि, ऊर्जा र पर्यटन विकासमा ज्ञान तथा अनुभव आदान–प्रदान।

6. सांस्कृतिक आदान–प्रदान र जनस्तरको सम्बन्ध सुदृढ।

7. नेपाललाई अन्तर्राष्ट्रिय तथा क्षेत्रीय कूटनीतिमा पहिचान र नेतृत्व गर्ने अवसर।

विश्लेषण

सार्कले नेपाललाई क्षेत्रीय सहकार्य, विकास र कूटनीतिक अवसर उपलब्ध गराए पनि भारत–पाकिस्तानबीचको राजनीतिक तनावका कारण लामो समयदेखि शिखर सम्मेलन नियमित हुन नसक्दा यसको प्रभावकारिता कमजोर बनेको छ। यद्यपि नेपालले सार्कलाई पुनः सक्रिय बनाउन निरन्तर जोड दिँदै आएको छ, किनकि सानो भू-आवेष्ठित मुलुकका रूपमा क्षेत्रीय सहकार्य नेपालका लागि अझै महत्त्वपूर्ण छ।

निष्कर्ष

सार्क दक्षिण एशियाको महत्वपूर्ण क्षेत्रीय संगठन हो। नेपालले संस्थापक सदस्य, सचिवालयको आयोजक र सक्रिय कूटनीतिक भूमिकामार्फत सार्कलाई सुदृढ बनाउन योगदान दिएको छ। सार्क पूर्ण रूपमा सक्रिय हुन सकेमा नेपालले व्यापार, पर्यटन, ऊर्जा, शिक्षा, स्वास्थ्य तथा समग्र आर्थिक विकासमा अझ बढी लाभ लिन सक्नेछ।

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when Gorakh Rai officially Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gorakh Rai officially Page:

Shortcuts

Share

Category