15/06/2025
☀️ अत्यधिक गर्मीमा माछा मर्न सक्छन्! बचाउने उपायहरू जान्नुहोस्
MTK Farm — तपाईंको विश्वसनीय मत्स्य साथीबाट जानकारी
गर्मी बढेसँगै धेरै किसान साथीहरूले पोखरीमा माछा मरेको गुनासो गर्दै सम्पर्क गरिरहनु भएको छ।
तपाईंको माछा सुरक्षित राख्न अबको मौसममा यी कुराहरूमा ध्यान दिनुहोस्:
✅ प्राविधिक सल्लाह लिनुहोस्
हामीसँग सम्पर्क गरी माछा मर्ने कारण पत्ता लगाएर समाधान खोज्नुहोस्।
✅ पोखरीको गहिराइ १.५ मिटर जोगाउनुहोस्
गर्मीमा पानीको गहिराइ जोगाउनु अक्सिजनको सन्तुलनका लागि अत्यावश्यक हुन्छ।
✅ ताजा पानी थप्नुहोस्
हरेक दिन पोखरीको तलको थोपा पानी हटाएर ताजा पानी थप्नुहोस्।
✅ एरिएटर प्रयोग गर्नुहोस्
बिहान ४–६ बजे अनिवार्य रूपमा एरिएटर चलाउनुहोस् (आवश्यकताअनुसार अन्य समयमा पनि)।
✅ मोटरबाट पानीको फोहोरा बनाउनुहोस्
यदि एरिएटर छैन भने मोटरको सहायताले पानी फोहोरा बनाएर पोखरीमै फिर्ता खसाल्नुहोस्।
❌ मलिलो पोखरीमा चुना प्रयोग नगर्नुहोस्
❌ मलखाद न्यून प्रयोग गर्नुहोस्
❌ अधिक मात्रामा दाना नदिनुहोस्
🔍 प्रत्येक बिहान पोखरीको निगरानी गर्नुहोस्
माछालाई तनाब दिने कुनै पनि गतिविधि जति सक्दो कम गर्नुहोस्।
📍 MTK Farm – Rangeli-2, Kamaljhora, Morang
📞 9818079745 | 9852023701
📬 [email protected] | [email protected]
➡️ जानकारी शेयर गर्नुहोस्, सबै किसान लाभान्वित होऊन्।