Shangdan Agriculture Farm

Shangdan Agriculture Farm Modern Farm Vegetable & Fruits, Poultry and Livestock farming and Research.

 #आँपमा फूल /फल झर्नुको कारण र रोकथाम बारे महत्त्वपूर्ण जानकारी,, ✓आँपको फल झर्नु कुनै रोग होइन, बरु एउटा संकेत हो।∆ आँप...
21/02/2026

#आँपमा फूल /फल झर्नुको कारण र रोकथाम बारे महत्त्वपूर्ण जानकारी,,

✓आँपको फल झर्नु कुनै रोग होइन, बरु एउटा संकेत हो।
∆ आँपको बगैँचामा यो समस्या धेरै सामान्य छ कि मज्जर आएपछि फल त लाग्छन्, तर केराउको दाना जत्रो हुनासाथ पहेँलो भएर झर्छन्। यो अवस्था प्रायः रोग नभएर पोषण + हर्मोन + मौसमी तनावको संयुक्त प्रभाव हो।
१)आँपमा फल झर्नुका मुख्य कारणहरू:-
✓ बोरोनको कमी
✓ परागसेचन (Pollination) कमजोर हुनु र फल राम्ररी नबस्नु।
✓ क्याल्सियमको कमी
✓ फलको कोषहरू कमजोर हुनु र डाँठ फललाई थाम्ने शक्ति गुमाउनु।
✓ हर्मोनको असन्तुलन
✓फल लागेपछि हुने प्राकृतिक गिरावट (Physiological fruit drop) बढ्नु।(यो कुनै बाहिरी किरा वा रोगले गर्दा हुने गिरावट होइन, बरु बिरुवाको आफ्नै शरीरभित्रको कमजोरीले गर्दा हुने गिरावट हो।)
✓ तातो र सुक्खा हावा + पानीको असन्तुलन
✓ चुसाहा कीरा (थ्रिप्स, हपर, एफिड)
✓ पात र मज्जर बाट रस चुसेर पोषण रोकिदिन्छन्।
(यी साना कीराले मज्जर (फूल )र कलिला पातको रस चुसेर फललाई सुकाईदिन्छ, जसले गर्दा पोषण नपाएर फल झर्छन्।")
∆महत्त्वपूर्ण कुरा:-
{यदि १०–३० दिनका फलहरू झर्दै छन् भने, यो प्रायः जसो पोषण र हर्मोनसँग सम्बन्धित समस्या नै हुन्छ।}
२) महत्वपूर्ण जानकारी:-
∆ Spray – first (सबैभन्दा जरुरी :-
✓मज्जर झरेको ७–१० दिनपछि।
✓जब फलहरू केराउको दाना जत्रो हुन्छन्।
३) रोकथामका उपायहरू:-
✓Planofix (NAA 4.5%): १ एमएल प्रति ४.५ लिटर पानी मा मिसाएर spray गर्ने,
(यसले प्राकृतिक रूपमा फल झर्नबाट रोक्छ)।
✓Boron (Solubor / Borax): १ ग्राम प्रति लिटर पानी मा मिसाएर spray गर्ने,
(यसले फल लाग्ने प्रक्रिया र दानाको विकासलाई मजबुत बनाउँछ)।
✓Calcium Nitrate: २ ग्राम प्रति लिटर पानी मा मिसाएर spray गर्ने,
(यसले फलको डाँठ बलियो बनाउँछ)।
४) Spray – second (१५ दिनपछि):-
✓SOP (Sulphate of Potash 00:00:50): ३ ग्राम प्रति लिटर पानी मा मिसाएर spray गर्ने (Water Soluble
Potash,पानीमा पूर्ण रूपमा घुल्ने पोटास )
(यसले फलको आकार, वजन र मिठास बढाउँछ)।
✓Neem Oil: ३ एमएल प्रति लिटर पानी मा मिसाएर spray garne (यसले थ्रिप्स र हपर कीराको दबाब कम गर्छ)।
५) Micro nutrient (वैकल्पिक तर फाइदाजनक):-
✓यदि तपाईंको बगैँचामा यो समस्या हरेक वर्ष देखिन्छ भने,
स्प्रे–१ (first ) सँगै यो पनि मिसाउन सक्नुहुन्छ:-
Multi Micronutrient (Zn + Fe + Mn): १ ग्राम प्रति लिटर पानी मा मिसाएर spray गर्ने (पात मजबुत बनाउन र फल टिकाउन मद्दत गर्छ)।
६) महत्वपूर्ण सावधानीहरू (हामीहरु सबै बात यहीँ गल्तीहरु हुन्छ):-
✓दिउँसोको चर्को घाममा spray नगर्नु l
✓बिहान ७–१० बजे वा साँझ ५ बजेपछि मात्र स्प्रे गर्ने l
✓हावाहुरी वा तातो लहर (Heatwave) चलेको बेला स्प्रे नगर्ने।
स्प्रे गरेपछि कम्तिमा ७ दिनसम्म अर्को कुनै रासायनिक नहाल्ने।
✓ वर्ष भरि नगरको सिंचाई एकै चोटी,अचानक धेरै सिँचाइ नगर्ने।
७)माटोबाट सुधार (दीर्घकालीन समाधान):-
✓बोरोन दानादार: १०–१५ ग्राम प्रति बोट (वर्षमा १ पटक)।
✓भर्मी कम्पोस्ट + निमको पिना: जरा बलियो बनाउन र पोषण स्थिर राख्न।
✓सन्तुलित सिँचाइ: न त धेरै सुक्खा, न त धेरै moisture ,
आँपमा फल झर्नु कुनै रोग होइन, बरु बिरुवाले सही समयमा सही पोषण नपाएको संकेत मात्र हो।

🌽🌽मकैमा हाईब्रिड बीउ उत्पादन प्रविधि.....================================✍️नेपाल एक कृषि प्रधान राष्ट्र हो जसको अधिकांश ...
06/02/2026

🌽🌽मकैमा हाईब्रिड बीउ उत्पादन प्रविधि.....
================================
✍️नेपाल एक कृषि प्रधान राष्ट्र हो जसको अधिकांश जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि पेशामा संलग्न छ। धान पछिको दोस्रो प्रमुख खाद्यान्न बालीको रूपमा मकैको विशेष महत्व रहेको छ। मकै केवल खाद्यान्नको रूपमा मात्र सीमित छैन, पशुपालन, उद्योग, र व्यापारमा समेत यसको प्रयोग महत्त्वपूर्ण रहेको छ। पछिल्लो समय जनसंख्याको वृद्धिका साथै कृषि उत्पादन वृद्धिको माग बढ्दो छ। यस मागलाई पूरा गर्नका लागि उच्च उत्पादन क्षमतायुक्त जातको आवश्यकता पर्दछ, जसका लागि हाईब्रिड बीउ प्रविधि एक उत्कृष्ट विकल्प बनेको छ।

✍️हाईब्रिड बीउ भन्नाले दुई भिन्न वंशीय शुद्ध जात (इनब्रिड लाइन) लाई वैज्ञानिक तरिकाबाट परस्पर संकरण (क्रस) गराई उत्पादन गरिने बीउ हो। यसबाट जन्मिएको सन्तानमा श्रेष्ठ गुणको एकिकृत प्रभाव देखिन्छ जसलाई ‘हेटेरोसिस’ भनिन्छ। यसको परिणामस्वरूप उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि, रोग प्रतिरोध, वातावरणीय सहनशीलता, र गुणस्तरमा सुधार देखिन्छ।

♂️मकैको हाईब्रिड बीउ उत्पादनमा तीन प्रमुख रेखाहरू प्रयोग गरिन्छः
----------------------------------------------
🧫१. ए रेखा (CMS – लाईन):
----------------------------------------------
✅ यस रेखाले पराग उत्पादन गर्न सक्दैन। यही कारणले यसलाई ‘नपुंसक नर’ पनि भनिन्छ। यसको प्रयोग मुख्यरूपमा बीउ उत्पादनका लागि गरिन्छ।

🧫२. बी रेखा (सहायक रेखा):
----------------------------------------------
✅ बी रेखाले ए रेखाको उस्तै वनौट भए तापनि पराग उत्पादन गर्न सक्छ। बी रेखाको प्रयोग गरेर CMS रेखालाई कायम राख्न सकिन्छ।

🧫३. आर रेखा (पुनर्स्थापक रेखा):
----------------------------------------------
✅ आर रेखाको प्रयोग CMS रेखासँग संकरण गर्दा उत्पन्न सन्तानले फेरि पराग उत्पादन गर्न सक्ने क्षमता प्राप्त गर्छ। यही रेखाबाट उच्च उत्पादन क्षमतायुक्त हाईब्रिड सन्तान प्राप्त हुन्छ।

♂️हाईब्रिड बीउ उत्पादनका लागि उपयुक्त स्थल छनोट गर्न अत्यन्त जरुरी हुन्छः
----------------------------------------------
✅– खेत अन्य मकै खेतहरूबाट कम्तीमा ४०० मिटर टाढा हुनुपर्छ।
✅– दोमट वा बलौटे दोमट माटो उपयुक्त मानिन्छ।
✅– माटोको अम्लीयता ६ देखि ७.५ pH को बीचमा हुनुपर्छ।
✅– उचाइ १००० देखि १८०० मिटरको क्षेत्र उच्च उत्पादनका लागि अनुकूल हुन्छ।

✍️ए र आर रेखा ४:१ वा ६:२ अनुपातमा रोपिन्छ। बिउ उमारेर प्रत्यक्ष रुपमा खेतमा रोपिन्छ। पङ्क्तिबाट पङ्क्ति ६० सेमी र बोटबाट बोट २५ सेमीको दुरी राखिन्छ। फूल फुल्ने समय (सिङ्क्रोनाइजेसन) दुवै रेखामा मिल्नुपर्छ, त्यसअनुसार रोपाइँको तालिका मिलाइन्छ।

✍️टासल भन्नाले नर फूल हो जसले पराग उत्पादन गर्छ। ए रेखा पराग नफैलाओस् भन्नका लागि यसका सबै बोटबाट टासल हटाइन्छ। टासल हटाउने सबैभन्दा उपयुक्त समय बिहान ८–११ बजेको बीचमा हो। हरेक दिन टासल निरीक्षण गरिन्छ र परिपक्व टासल हटाइन्छ। यदि टासल राम्रोसँग नहटाइएमा शुद्धता घट्न सक्छ।
----------------------------------------------
✍️आर रेखाबाट पराग सङ्कलन गरिन्छ। परागलाई ए रेखाको ‘सिल्क’ (नारी भाग) मा राखिन्छ। यो कार्य धेरै पटक दोहोर्याउनु उत्पादनको गुणस्तरका लागि लाभदायक हुन्छ। यो कार्य अत्यन्त सावधानीका साथ गरिनुपर्छ ताकि शुद्धता कायम रहोस्।

✍️रोपाइँपूर्व गोठेको मल राखिन्छ (२०–२५ टन प्रति हेक्टर)। रासायनिक मलहरूमा नाइट्रोजन, फस्फोरस र पोटास सन्तुलित रूपमा प्रयोग गरिन्छ। खेत सिँचाइको राम्रो व्यवस्था गर्नुपर्छ, विशेष गरी फूल्ने र बाला बन्ने समयमा।
----------------------------------------------
✍️कटुवा कीरा, छेपारो, भुण्डी, आदि कीराहरूको रोकथामका लागि जैविक वा आवश्यकता अनुसार रासायनिक औषधिको प्रयोग गर्नुपर्छ। पात झुल्ने, घुन लाग्ने, पहेंलोपन आदि रोगहरूको पहिचान गरी समयमै उपचार गर्नुपर्छ।

✍️जब मकैको बालामा रहेको दाना ३०–३५% नमीमा पुग्छ, त्यतिबेला संकलन गरिन्छ। बालालाई राम्ररी सुकाएर नमी १२–१३% मा ल्याइन्छ। हावापानी अनुकूल भएमा १०–१५ दिनभित्र सुकाउने काम सकिन्छ। बीउ छुट्याउने बेला A र R लाइनको मकै हटाउनुपर्छ।

♂️बीउको गुणस्तर परीक्षण अत्यन्त महत्त्वपूर्ण छ:
----------------------------------------------
✅– अंकुरण परीक्षण (Germination): ८५% भन्दा बढी हुनु जरुरी छ।
✅– शुद्धता परीक्षण (Purity): बाह्य मिलावट तथा अरू जातको बीउ मिसिएको छैन भन्ने सुनिश्चित गरिन्छ।
✅– नमी परीक्षण: सुरक्षित भण्डारणका लागि १२% भन्दा कम नमी आवश्यक हुन्छ।

✍️सुकाएका बीउलाई सफा बोरा वा प्लास्टिकका बट्टामा राखिन्छ। बोरा बन्द गर्दै गर्दा उत्पादन मिति, बीउको नाम, आदि जानकारी अंकित गरिन्छ। चिसो, सुक्खा र अँध्यारो ठाउँमा भण्डारण गर्नुपर्छ।

♂️समस्या र चुनौतीहरू:
----------------------------------------------
✅– फूल्ने समय नमिल्दा संकरण असफल हुन्छ।
✅– टासल हटाउने क्रममा मानवीय गल्तीले बीउ शुद्धता घटाउँछ।
✅– वातावरणीय प्रतिकूलताले पराग संयोजनमा समस्या आउँछ।
✅– प्रशिक्षित जनशक्ति अभाव, अव्यवस्थित उत्पादन स्थल, र प्रविधिको पहुँच अभाव।

♂️समाधान:
----------------------------------------------
✅– कृषकहरूलाई तालिम र सचेतना प्रदान गर्नु।
✅– उच्च प्रविधियुक्त क्षेत्र छनोट गर्दै उत्पादन गर्न प्रोत्साहन गर्नु।
✅– सरकारी र गैरसरकारी निकायको सहकार्यमा बीउ उत्पादन केन्द्र विस्तार गर्नु।
✅– स्थानीय अनुकूल जातको विकास र प्रवर्धन गर्नु।

♂️♂️निष्कर्ष:-
----------------------------------------------
✍️मकैमा हाईब्रिड बीउ उत्पादन प्रविधि कृषि क्षेत्रमा उत्पादन वृद्धि, खाद्य सुरक्षामा योगदान र कृषकको जीवनस्तर सुधार गर्ने एक वैज्ञानिक विधि हो। यसको सफल कार्यान्वयनका लागि वैज्ञानिक समझदारी, तालिमप्राप्त जनशक्ति, र व्यवस्थित व्यवस्थापन अनिवार्य हुन्छ। सरकार तथा निजी क्षेत्रले सहकार्य गर्दै यो प्रविधिको विस्तार गर्‍यो भने नेपाल मकै उत्पादनमा आत्मनिर्भर बन्ने निश्चित छ।

=====================

12/12/2025

#कागती

29/01/2025

तामाङहरुक़ो महान पर्व मन्जुश्री सम्बत २८६१ औ सोनाम ल्होछार पुख्री /डुल ल्हो ( नाग बर्ग ) को उपलक्ष्यमा देश बिदेश मा रहनु भयका समपूर्ण तामाङ समुदायमा हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु ।

22/11/2024

Watch, follow, and discover more trending content.

All the best Team Nepal.
04/06/2024

All the best Team Nepal.

28/05/2024
14/03/2024

आँपको फूल तथा फल झरेर हैरान हुनु हुन्छ? यी हुन सक्छन समाधानका उपायहरु
==========================
आँपमा फूल तथा फल झर्ने स्वभाविक प्रक्रिया हो !
यदी सबै फूलबाट फल लागेमा न त झुप्पा अटाउछन न त बोटले नै थाम्न सक्छ ! साधारणतया पूर्ण फलहरुको ०.१% फलबाट लागेका फलहरु परिपक्व हुने गर्दछन !

**फूल तथा फल झर्ने कारण**
********
फल लागीसकेपछी केराउ र कागती दाना अकारको अवस्थामा फल झर्ने गरेको पाइन्छ !
•परागसेचन क्रिया नै नभई फलको फलको बिकास भएको खण्डमा सानो अवस्थामा फल बढी झर्दछ !

•सुख्खा हावापानी,पानीको कमी,हार्मोनको मात्रा असन्तुलन,खाधतत्वको कमी र रोगकीराको आक्रमणले फूल र फल झरेर ठूलो नोक्सानी हुन्छ !

**नियन्त्रणको उपाय **
************
•Auxin भन्ने हार्मोनको फलको बिकाससङ्ग घनिष्ठ सम्बन्ध भएको हुदा फल झर्ने समस्या auxin प्रयोग गरेर कम गराउन सकिन्छ ! 10-15 ppm NAA आँपमा फल लाग्नुभन्दा अगाडि स्प्रे गर्दा फल झर्ने समस्या कम गर्न सकिन्छ !

•रोग र कीराको आक्रमणले फूल तथा फल झर्ने समस्या भएमा रोगकीराको नियन्त्रण गर्ने !

•फलको बिकास हुने समयमा पानीको कमी भैइ फल झरेमा सिचाई गर्ने वा मल्चीङ्गको ब्यबस्था गर्ने !

•खाधतत्वको कमीले फल झरेमा मलखाद ब्यबस्था गर्ने!

04/03/2024

खिचिड्डी पकाउन माहिर प्रचण्डे ।
देश र जनतालाई छेरपट्टी लगाउने गरी
कहिले ओली त कहिले शेरे खिचिड्डी पकाई रहन्छ ।
जय हो प्रचण्डे तिम्रो पाक कलाको
जति बखान गरे पनि कमै हुन्छ होला ।

Address

Siraha
56508

Telephone

9779819709111

Website

Alerts

Be the first to know and let us send you an email when Shangdan Agriculture Farm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shangdan Agriculture Farm:

Share